असफल गौतम
नेपाल सरकारले जिउँदै रहदा साहित्यकारहरुको उचित सम्मान नगरेतापनि मृत्युपश्चात थोरबहुत केही गर्ने जमर्को गर्दै आएको छ । पछिल्लो समय दिवंगत श्रष्टा साधकहरुको शतवार्षिकी, द्विशतवार्षिकी मनाउने क्रम चलिरहेको छ । आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी मनाएर सकिन लागेको छ भने आख्यान नायक वी.पी.को शतवार्षिकीको सन्दर्भ चलिरहेको छ । यसै सन्दर्भमा यहाँ थोरबहुत वीपीका प्रवृत्तिगत विशेषताको चर्चाको प्रयास गरिएको छ ।
वि.सं. १९७१ भदौ २४ गते जन्मेर २०३९ श्रावण ६ मा निधन भएका बहुमुखी प्रतिभाका धनी स्रष्टाको न्वारनको नाउँ चूडामणि कोइराला हो । कोइरालाले औपचारिक शिक्षातर्फ राजनीति र अर्थशास्त्र विषयमा बी.ए. र बी.एल. उत्तीर्ण गरी स्नातकोत्तरसम्म अध्ययन गरेका थिए । अन्ततः उनी आफ्नो न्वारन आफै गरेर विश्वेश्वरप्रसाद कोइराला बने । बाल्यकालदेखि राजनीति र साहित्यिक पारिवारिक पृष्ठभूमि पाएका कोइरालालाई आख्यानकार साहित्यिक व्यक्तित्वका रूपमा चिनिएको छ । उनको वाङ्मयिक योगदानलाई समालोचकहरूले फ्रान्सेली लेखक मोपासाँ, रूसी आन्तोनी चेखोव, अङ्ग्रेजीका डी.एच. लरेन्स, प्रसिद्ध कथाकार समरसेट मम आदिसँग तुलना गरेका छन् । १६ वर्षे उमेरमा मै पनि झिल्के हँुदो हुँ जस्ता गीत र १६ वर्षे उमेरमा जो पनि कवि हुन्छन् भन्ने सुन्दै आएको पंक्तिकारले थियो तर कोइरालाले भने १५ वर्षे उमेरमै कवि बने । सर्वप्रथम प्रेमचन्दको सम्पादकत्व मा प्रकाशित हुने ‘हंस’ पत्रिका मार्फत् १९८६ मा‘अतिथि’ हिन्दी कथाबाट साहित्यिक फाँटना देखापरेका वी.पी.ले हिन्दीमा वहाँ, पथिक, भैया दाइ जस्ता दर्जनौं कथा, कविता लेखेको पाइन्छ । उनी साहित्य केवल लेख्नका लागि मात्र लेख्दैनथे, बुझेर र गमेर लेख्ने गर्थे त्यसैले बनारसमा दश कक्षामा पढ्दै गर्दा अङ्ग्रेजीमा राष्ट्रभक्तिपूर्ण कविता लेखेर यू.पी. का तत्कालीन गभर्नरबाट पुरस्कृतसमेत भएका थिए । नेपाली वाङ्मयको क्षेत्रमा‘शारदा’ (१९९२) मा ‘चन्द्रवदन’ कथा प्रकाशन गरेर चम्किन सुरू गरेका कोइरालाका सोह्रवटा कथाहरूको सङ्कलन‘दोषी चश्मा’ (२००६) र चारवटा कथाहरूको सङ्ग्रह ‘श्वेतभैरवी’ (२०३९) गरी दुईवटा कथा सङ्ग्रह, तीन घुम्ती (२०२५), नरेन्द्रदाइ
(२०२६), सुम्निमा (२०२७), मोदिआइन (२०३६), बाबु, आमा र छोरा (२०४५), हिटलर र यहुदी (२०४०) गरी छ वटा उपन्यासहरूका साथै जेलजर्नल (२०५४) र आत्मवृत्तान्त (२०५५) प्रकाशनमा आइसकेका छन् । साथै उनका फुटकर कविता, निबन्ध र समालोचना प्रकाशित छन् ।
नेपाली वाङ्मयको क्षेत्रमा जेल जीवन बिताउनेहरूले निकै राम्रा कृतिहरू दिएका छन् र नेपाललाई धनि बनाएका छन् । तत्कालीन समयमा जेलमा राखिएका कैदीलाई पढ्न र लेख्नका लागि व्यवस्था त्यो बेलाको सरकारले ग¥यो गरेन त्यो चासो र चिन्ताको विषय थियो । तापनि भानुभक्त आचार्यले झ्यालखानामा रामायणका अयोध्याकाण्ड, किस्किन्धाकाण्ड र सुन्दरकाण्ड रचेका थिए भनिन्छ । कोइरालाले सुन्दरीजलमा २०१७ देखि २०२५ सम्मको लामो जेलजीवन बिताउँदा तीन घुम्ती, नरेन्द्रदाइ, सुम्निमा र मोदिआइन चारवटा उपन्यास लेखेर सकेको खोज र अन्ययनका क्रममा भेटिन आउछ । बाबु, आमा र छोरा, हिटलर र यहुदी पछिल्लो समय मुद्रण भएको पाइन्छ । राजनीति र साहित्यमा बराबर लागेका कोइराला प्रजातान्त्रिक समाजवादी मान्यताका प्रवर्तक र व्याख्याता मानिन्छन् । राजनीतिमा उनी जहाँ रहेपनि साहित्यलाई आफूलाई राजनीतिभन्दा माथि राखेर साहित्य साधनामा समर्पित भएको पाइन्छ । यो छोटो लेखमा उनको आख्यानको चर्चा गर्न खोजिएको छ ।
समालोचक, पाठक र लेखकहरूले नेपाली आख्यानमा कलात्मक परिवर्तन भित्र्याउँदै मानव मनोलोकको चेतन, अर्धचेतन र अवचेतनको भित्री तहसम्म पुगी दमित, कुण्ठित यौनेच्छाको मनोविश्लेषक विश्वेश्वरले गरेको बताएको पाइन्छ । हुन पनि उनले साहित्यमा आफूलाई अराजकतावादी भनेर छुट्टै पहिचान प्रस्तुत गरेका छन् । उनको अराजकको अर्थ छाडा होइन । साहित्यलाई स्वतन्त्ररूपले चिन्तन गरेर कलात्मक ढङ्गले प्रस्तुत गर्नुपर्छ भन्ने मान्यताले अगाडि बढेका स्रष्टा हुन् । उनका आख्यानहरूमा मनोविज्ञान र अस्तित्ववादको प्रत्यक्ष प्रभाव छ भने अधिकांश आख्यानहरू रतिरागात्मक छन् । उनका आख्यानमा पाइने प्रवृत्तिगत विशेषताहरू उल्लेख गर्नुपर्दा उनी आख्यान विधाको कथा लेखनमा लेखनलाई भन्दापछि चरित्रलाई ध्यान दिनुपर्छ भन्ने चरित्रप्रधान लेखक हुन् । हामीले उनको चरित्रलाई ध्यानदिनु भन्ने मान्यता उनका कथा अध्ययन गरेर मनन गरिसकेको अवस्था छ । लेखनमा चरित्रको कुरा मात्र होइन अलिकति विसङ्गत जीवनको चित्र पनि मिलाउनु पर्छ तब मात्र साहित्यको रसास्वादन गर्न मिठो हुन्छ भन्ने मान्यता राख्ने उनी विसङ्गतीवादी आख्यानकार हुन् । उनको सबैभन्दा सर्वश्रेष्ठ पक्ष दमित र कुण्ठित रूपमा रहेको यौनेच्छाको प्रकट गर्नु हो । उनका उपन्यासबाट हामीले त्यो सहज विश्लेषण गरेका छौ । उनी लेखनका सन्दर्भमा पहिला पात्रको मनोवृत्तिको विश्लेषण गर्ने र त्यसपछि कथानकलाई अगाडि बढाउने साधक हुन सोहीकारण उनका आख्यानले कहिल्यै पनि कमजोरको कोटामा रहनु परेन । एउटा राम्रो लेखक बन्नका लागि गहन अध्ययन र विश्लेषण आवश्यक हुन्छ, त्यसैले उनी लेखनमा मात्र होइन अध्ययनमा पनि गहन अध्ययन गर्ने अध्यता थिए । उनले आफ्नो आख्यानमा विभिन्न यौन बिम्ब, मिथक र प्रतीकहरूको प्रयोग गर्दै पात्रानुकूल सरल, सरस भाषा प्रयोग गरेका मात्र होइन नेपाली, हिन्दी र उर्दू भाषाको मिश्रण गरेबाट प्रष्ट हुन्छ । फ्रायडको अचेतनको सिद्धान्तनुसार मान्छेका चरित्र र व्यवहारमा चेतनमनको हात नभएर अचेतन मनको हुन्छ । अचेतन मनमा बसेको पाशविक प्रवृत्तिले हाम्रा व्यक्तिगत सामाजिक व्यवहारहरू निर्धारण गर्दछन् । सभ्यता, संस्कृति, नैतिकता, धर्म, कानुन सबै चेतनमनसँग सम्बन्धित छन् । हामीले चाहेर पनि गर्न नसक्ने दमित इच्छा अचेतन मनमा सुषुप्त अवस्थामा रहेको हुन्छ । उपयुक्त वातावरण वा उद्दीपन पाउनासाथ चेतनमनको व्यवहारलाई धराशयी बनाइदिन्छ । कोइरालाले अचेतनमा लुकेको अतृप्त इच्छालाई आफ्नोे आख्यानको माध्यमद्वारा उजागर गरेका छन् । लेखनमा सङ्क्षिप्तता, सरलता, फ्रायडवादी मान्यता र कलात्मक संयोजन पाइन्छ । कोइरालाले जहिले पनि छोटो कथानक र कम पात्रको चित्रण गरी आख्यानलाई अगाडि बढाउँदै मानवीय भावना र उदार मानवतावादी दृष्टिकोण व्यक्त गरेका छन् । उनी कहिल्यै पनि धनाढ्य र पूँजीवादी पात्रलाई आफ्नो लेखनमा स्थान दिएनन सदा पीडित पात्रको दयनीय अवस्थाप्रति सहानुभूति प्रकट गरे । समाजमा रहेर सामाजिक प्राणी भएपछि सामाजिक, सांस्कृतिक र मानवीय प्रवृत्तिसँग समायोजन गर्नसक्नु नै लेखनको सार्थकता हो भन्ने मान्यतलाई उनले आत्मसाथ गरेका उनी मानवतावादी आख्यानकार पनि थिए । साहित्यमा कोइराला व्यक्तिवादी लेखक हुन् । उनले प्रतिपादन गरेको समाजवादले व्यक्तिगत अस्तित्वलाई स्वीकार गरेको पाइन्छ । यसर्थ उनी अस्तित्ववादी लेखक थिए । दुई ढुङ्गामा दुई खुट्टा राखेका उनले साहित्यलाई कहिल्यै राजनीतिक ढाल बनाएनन् र साहित्यिक स्वतन्त्रतालाई जीवन्त बनाइराखे यो नै उनको महानता हो वाङ्मयप्रेमीका लागि । नेपाली आख्यान साहित्यको विकासक्रमलाई चरण निर्धारण गरेर हेर्ने हो भने आधुनिक चरणमा मनोवैज्ञानिक धाराको सूत्रपात गर्ने श्रेय कोइरालालाई जान्छ ।

Post a Comment