0
ल्वाङघलेल ७ स्थित गौरीशंकर मनिलाल उच्च माविमा एक कार्यक्रमको आयोजना गरी विद्यालयमा इन्टरनेटल संचालनार्थ ३ लाख सहयोग प्रदान गरिएको छ । युके निवासी मिनबहादुर गुरुङ्ग र शारदा गुरुङ्गको सक्रियतामा युके स्थित नेपालीहरुबाट संकलित रकम रु.२ लाख ५० हजार र मिनबहादुर र शादार गुरुङ्गको तर्फबाट रु.५० हजार गरी ३ लाख रुपैयाँ उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकलाई एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेका थिए । कार्यक्रममा सहयोगदाता मिनबहादुर गुरुङ्गले भविष्यमा समेत आवश्यक सहयोग गर्ने वचन व्यक्त गर्दै आफू भूपू विद्यार्थी भएको र बुबाको नाउँमा रहेको यस विद्यालयमा इन्टरनेट सेवा विस्तारका लागि रु.७ लाखभन्दा बढीको कार्यक्रम ल्याउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । उक्त अवसरमा भूपू प्र.अ.तथा ल्वाङघलेल गाविसका पूर्व अध्यक्ष गनबहादुर गुरुङ्ग, विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं समाजसेवी रामहरि गुरुङ्ग, सहयोगदाता शारदा गुरुङ्ग लगायतले प्राप्त सहयोगलाई यथोचित सदुपयोग गर्ने र विज्ञान प्रयोगशाला तथा छात्रवृत्तिका लागि समेत सहयोगको लागि पहल गर्ने बताएका थिए ।

Post a Comment

 
Top