गजुरी (धादिङ), २० असार । पृथ्वीराजमार्गअन्तर्गत धादिङ सडकखण्डमा आज बिहान भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा १७ जना घाइते भएका छन् । चितवनबाट काठमाडौँ जाँदै गरेको ना४ख ४७३३ नम्बरको बस र काठमाडौँबाट चितवनका लागि हिँडेको बा१क ९०१५ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा १५ जना घाइते भएका हुन् । घाइते हुनेमध्ये अधिकांश बसमा सवार यात्रु रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरूलाई उपचारका लागि काठमाडौँतर्फ लगिएको छ । पानी परिरहेको बेला तीव्र गतिमा रहेका सवारी अनियन्त्रित भएर ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको बेनिघाट गाविस वडा नम्बर ९ गोमती पुल नजिक भारतीय ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी ट्रकका चालक र सहचालक दुवैजना घाइते भएका छन् । काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल ०१डि४७२३ को ट्रक सडकमा चिप्लिएर दुर्घटना भएको प्रहरी चौकी बेनिघाटले जनाएको छ । घाइतेको राजमार्गस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । रासस
Home
»
घटना दुर्घटना
»
पोखरा सेरोफेरो
»
बिज्ञान-प्रबिधि
»
महत्वपूर्ण समाचार
» छुट्टाछुट्टै सवारी दुर्घटनामा १७ घाइते
Subscribe to:
Post Comments (Atom)
Post a Comment