नेपालका अपाङ्ग बालबालिका को सहयोगार्थ यूकेमा सितु साँझ हुने भएको छ । आउदो सेप्टेम्बर ७ र १४ तारिक साँझ कार्यक्रम आयोजना हुन लागेको हो । सुमन खरेलले यूकेमा साँगीतिक साँझको आयोजना गरेका हुन् । क्रस कल्चर ग्लोबल मिउजिकल ग्रुपको स्टेज संगीतमा सितु खरेलले आफ्नो स्वर दिने कार्यक्रम रहेको बताइएको छ । साँगीतिक साँझमा छुट्टाछुटै देशका संगीतकारहरुले संगीत दिनेछन् । कार्यक्रममा नेपाली सहित कँगो, युके र यूएसएका कलाकारहरुको समेत सहभागिता रहने खरेलले जानकारी दिए । उक्त साथमा गीतकार सुमन खरेलले रचना गरेका दश वटा सुमधुर गीतहरु प्रस्तुत हुनेछ । कार्यक्रममा सहभागिताका लागि १५ पौण्ड र १० पौण्डको टिकट मूल्य राखिएको छ । साँगीतिक कार्यक्रमबाट भएको आम्दानी नेपालमा रहेका आपाङ्ग बालबालिकाको लागि खर्च गरिने खरेलले इ–मेलबाट जानकारी दिए । विदेशमा रहेर पनि आफ्नो देशको संगीत र संस्कृतिलाई चिनाई राख्न कार्यक्रम सफल हुने विश्वास गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment