0

कास्कीको निर्मलपोखरी गाउँ विकास समितिका वासिन्दाले  गाविसमा भएको आर्थिक अनियमितताका बिषयमा गुनासो गरेका गरेका छन् । उनीहरुले लक्षित बर्ग कार्यक्रमको बजेट खर्च हुन नसकेको, एउटै योजनामा पनि २ तिरबाट बजेट दिएको, योजनाको अनुगमन फितलो भएको, घाट संरक्षण गर्न नसकेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
गत आर्थिक बर्ष २०७०÷७१ को बार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । गाउँ विकास समितिको आयोजना तथा रेडियो तरङ्गको व्यवस्थापनमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा गाविसले गत बर्ष सम्पन्न गरेका योजनाहरु र सेवा प्रवाहका बारेमा समिक्षा भएको थियो । कार्यक्रममा सेवाग्राही नागरिकहरुलेजवाफमा गाविस सचिव गंगादत्त पौडेलले गाविसमा भएको अनियमितताका बिषयमा अख्तियारले पनि छानविन गरिरहेकाले छिट्टै टुङ्गो लाग्ने र यस बिषयमा गाविसले पनि पहल गरिरहेको बताए । पूर्व गाविस सचिव दमयान्ती पराजुलीले गाविसको रकम दुरुपयोग गरेको खुलासा भएको र अनियमितता गरेको रकम गाविसको खातामा जम्मा गरेको भएपनि अन्य भत्ता स्वरुप लिएका रकमहरुका बारेमा अहिले छानविनकै क्रममा रहेकाले छिट्टै त्यसलाई टुग्यांउने पनि उहाँले बताउनुभयो । यस्तै लक्षित बर्ग कार्यक्रम सञ्चालन गर्न भने चुनौति भएकाले यसलाई आगामी बर्षदेखि सकेसम्म लक्षित समुदायसम्मै पुग्ने गरी कार्यक्रम सञ्चालनमा जोड दिने प्रतिबद्धता जनाउनुभएको छ । एउटा योजनामा २ पटक सम्म बजेट गएको बिषयमा भने काम सम्पन्न गर्नका लागि यसरी बजेट गएको बताउनुभयो । पहिले पुँजीगत विकासतर्फको शिर्षकबाट विनियोजन गरेको र पछि कृषि शिर्षक अन्तर्गतको बजेट पनि त्यहि योजनामा गएको तर यो बर्षदेखि यसलाई पनि सुधार गर्ने बताउनुभयो । यस्तै प्रभावकारी योजना सञ्चालन गर्नका लागि पनि अनुगमन समितिलाई अझै शसक्त बनाउने र घाट संरक्षणका लागि जिल्ला विकास समिति सँग पटक पटक आग्रह गर्दा पनि अटेर गरेकाले सबै नागरिकसँगको सहकार्यमा तत्काल निर्णय गरेर जाने उनले प्रतिबद्धता जनाए ।
रेडियो तरङ्गका प्रबन्ध निर्देशक हिमनिधि लौडारीले सहजिकरण गरेको कार्यक्रममा सांसद विकास कोषबाट आएको रकम काम नभैकन फरफारक गरिएको, गाविसले सञ्चालन गरेका योजनामा पनि कामै नगरी बजेट फरफारक भएको सहभागिहरुले गुनासो गरेका छन् । सांसद कोषबाट नेकपा एमालेका समानुपातिक सभासद चुडामणी जंगलीमार्फत निर्मलपोखरी सामुदायीक अध्ययन केन्द्रमा कम्प्युटर खरिदका लागि आएको ७४ हजार ८ सय रुपैयाँले अहिलेसम्म सामान नआएको तर फरफारक भैसकेको रिपोर्ट सार्वजनिक भएको एकिकृत नेकपा माओबादीका गाउँ अध्यक्ष प्रकाश पौडेलले बताए ।
गाविस सचिव गंगाद्धत्त पौडेलले भने गाविसमा आएको बजेट अनियमित हुन नदिने र कार्यक्रम सञ्चालनका लागि गल्ती भएको भएपनि तत्काल सच्याउने प्रतिबद्धता जनाए । कार्यक्रममा गाविस सचिव संगै गाविसमा क्रियाशिल राजनीतिक दलका प्रमुखहरु, महिला समूह, युवा क्लब, वडा नागरिक मञ्चका पदाधिकारीहरु, उपभोक्ता समिति तथा सर्वसाधारण सेवाग्राही नागरिकहरुको सहभागिता थियो । 

Post a Comment

 
Top