अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी कोषबाट प्राप्त भएको रकम झोले विद्यालयको नाममा खर्च गरेको भन्दै सर्लाहीका तत्कालीन कामु जिल्ला शिक्षा अधिकारी सहित तीन जनाविरुद्ध आइतबार विशेष अदातमा मुद्दा दायर गरेको छ ।
आयोगले सर्लाही भाङ्सार–४ मा हुँदै नभएको विद्यालयलाई सामुदायिक प्राथमिक विद्यालयको नाममा आव २०६६÷६७ देखि २०७०÷२०७१ सम्म रु १६ लाख ८८ हजार ९७९ हिनामिना गरेको अनुसन्धानबाट खुलेको जनाएको छ । सो कार्यमा तत्कालीन कामु जिल्ला शिक्षा अधिकारी हेमन्तकुमार सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललिता यादव र प्रधानाध्यापक जयनारायण यादव सङ्लग्न रहेको पाइएको छ ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम हदैसम्मको सजायको माग दाबी गरिएको आयोगको विज्ञप्तिमा जनाइएको छ ।

Post a Comment