0
क्षेत्रीय रक्तसञ्चर सेवा केन्द्र पोखरामा ‘एबी पोजेटिभ’ रगत अभाव रहेको अवस्थालाई ख्याल गरी नेपाल जुनियर रेडक्रस सर्कल महेन्द्र उच्च मावि तथा नेपाल युवा रेडक्रस सर्कल पोखरा बहुमुखी क्यमम्पसले संयुक्तरूपमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेका छ । बुधबार विद्यालयको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा १५ जना छात्र÷छात्राले रक्तदान गरेका छन् । उक्त कार्यक्रमको समुद्घाटन नेपाल रेडक्रस सोसाइटी पोखरा–९ का सभापति एवम् सिद्धार्थ क्लवका अध्यक्ष दीपेन्द्र मर्सानीले गरेका थिए । ‘विगतको स्मरण, भविष्यको निर्माण’ भन्ने स्वर्णजयन्ती बर्ष–२०७०÷०७१ को अवसर पारी जुनियुर रेडक्रस सर्कल महेन्द्र उच्च मावि तथा युवा रेडक्रस सर्कल पोखरा बहुमुखी क्याम्पसले नियमितरूपमा विभिन्न कार्यक्रम हरू संचालन गर्दै आइरहेको छ । क्याम्पस प्रमुख एवम् युवा सर्कलका संरक्षक सुनिल मर्सानीको अध्यक्षता तथा जुनियर सर्कलका सल्लाहकार पिताम्बर भण्डारीले सञ्चालन गरेको कार्यक्रममा नेपाल रेडक्रसका केन्द्रीय सभासद् एवम् जिल्ला सभासद् सूर्यप्रसाद ढकाल, जुनियर सर्कका संरक्षक, रामदत्त पौडेल, कम्पस संचालक समितिका सदस्य भीम गौतम, रक्तसंचार केन्द्रका इन्चिार्ज धु्रवमणि लामिछाने, हंसपुर उपशाखाका सदस्य प्रकाश उदास, समाजसेवी सामलाल श्रेष्ठ तथा हरिशचन्द्र शर्मालगायतले बोलेका थिए ।

Post a Comment

 
Top