0
पोखरा उपमहानगरपालिकाले चारसय लिटर क्षमताको अत्याधुनिक सुविधा सम्पन्न दमकल पोखरामा भित्र्याएको छ । पोखरा सुन्दर एवं पर्यटकीय नगरी भनिएपनि भरपर्दो दमकलको अभावमा पोखरा तथा आसपासका क्षेत्रहरुमा आगलागीका कारण थुप्रै धनजनको क्षति हुने गरेको थियो । यसैलाई मध्यनजर गर्दै नगरपालिकाले झण्डै २० वर्षपछि नयाँ दमकल पोखरा भित्र्याएको हो । वि.सं.२०५२ सालमा ल्याइएको एक दमकलले घटना घट्दा समयमा पुग्न नसक्ने तथा पुरानो भएर मर्मत सम्भारमा समस्या भएकोमा अब भने घटना घटिहाले पनि सेवा दिन सक्ने भएको छ । हाललाई रोटरी क्लव मार्फत बेलायत सरकारको सहयोगमा सानो आकारको सम्पूर्ण सुविधा सम्पन्न दमकल शुक्रबार राति पोखरा ल्याएको कार्यकारी अधिकृत झलकराम अधिकारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
दमकलले पोखराका भित्रि बाटो, गाउँ गाउँका कच्ची सानो बाटोलाई मध्यनजर गरी ४०० लिटर पानी क्षमता र सोही मात्राको आगो निवारण ग्याँस जडित भएको हुँदा तत्कालको क्षति न्यूनिकरणमा ठूलो मद्दत हुनेछ । नगरपालिकालाई अबको २ महिनाभित्र चिनको कुन्मिङ्ग नगरपालिकाले थप २ वटा दमकल सहयोग उपहारस्वरुप आउन लागेको र सोको सम्झौता भैसकेकोले सो दमकलको माध्यमले समग्र कास्की र वरपरका जिल्लाहरुमा समेत सेवा पु¥याउन पोखरा सक्षम हुने अधिकारीले बताए । शुक्रबार आएको दमकल विश्वप्रसिद्ध फोर्ड कम्पनीद्वारा निर्मित सम्पूर्ण तापतकालिन सामाग्री जडान सहित अग्नि नियन्त्रक कर्मचारीलाई आवश्यक ड्रेस, उपकरण भएकोले नेपालमा आएको दमकहरुमध्ये उत्कृष्ट रहेको छ । रोटरी मार्फत आएको दमक हाललाई पोखरा र रत्ननगर नगरपालिकालाई प्राप्त भएको र केही दिनमा औपचारिक कार्यक्रमका साथ दमकल हस्तान्तरण हुने पोखरा उप–महानगरपालिकाका योजना शाखा प्रमुख सुरज प्रधानाङ्गले बताए । महानगरपालिका उन्मुख रहेको पोखरालाई स्रोत साधनले सम्पन्न बनाई सफल र सक्षम रहन आपतकालिन सेवालाई प्रभावकारी निवरण गर्न दमकल अनिवार्य रहँदा–रहँदै स्रोत साधन अभावले खरिद गर्न नसकेको परिप्रेक्ष्यमा अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी मार्फत आएको दमकल र कुन्मिङ्ग नगरबाट प्राप्त हुने दमकलले देशभर रहेका सम्पूर्ण नगरपालिका मध्ये उत्कृष्ट आपतकालिन नियन्त्रण गर्ने नगर भन्ने र हाल पोखरा उपमहानगरपालिकाका सम्पूर्ण वडाहरुमा पिचबाटो उन्मुख सफा र व्यवस्थितका साथै मुख्य स्थानहरुमा सोलार बत्ती जडान हुँदा उदाहरणीय नगर भएकोमा आम पोखरेलीहरु खुसी हुने अवस्था आएको अधिकारी बताउँछन् । उपमहानगरपालिकाले खर्च कम गर्ने नीति अनुरुप सवारी साधनहरु मर्मत गर्ने ग्यारेज र मिस्त्री आफै राखी संचालन गर्दा वार्षिक ३० लाख बचत गराउन सफल भएको र प्राप्त दमकलको बारेमा ज्ञान तथा मर्मत गर्न तालिम दिन विदेशी विशेषज्ञ पोखरा आउन लागेको छ ।

Post a Comment

 
Top