0

गोविन्दबहादुर लामिछाने
नेपाली काँग्रेस पार्टीको भातृसंगठन नेपाल विद्यार्थी संघको ११औं केन्द्रिय महाधिवेशन मिति २०७१ साल भाद्र २९, ३० र ३१ गते काठमाण्डौंमा सम्पन्न हुन गइरहेको छ । नेपालको प्रत्येक आन्दोलन र परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेको ने.वि.संघले राणाकालीन शासन, पञ्चायती शासन र २०६२÷६३ सालको ऐतिहासिक आन्दोलनमा खेलेको उल्लेखनीय भूमिका महत्वपूर्ण रहेको छ । वि.सं. २०२७ साल वैशाख ६ गते स्थापना भएको ने.वि.संघको केन्द्रिय अध्यक्ष भई राजनीतिमा स्थापित भएका नेताहरु शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्र बहादुर कार्की, बलबहादुर के.सी., बालकृष्ण खाँड, एनपी सावद, किशोर सिंह राठोर लगायतका नेताहरु काँग्रेसको केन्द्रिय राजनीतिमा मात्र नभई मुलुकको बागडोर समालिई सकेका छन् ।
यस संगठनमा आवद्ध भई मुलुक हाँकिसकेका नेताहरु उत्पादन गरेको संगठन भएकोले नेपाली काँग्रेसको मात्र नभई सारा मुलुकको ध्यान ने.वि.संघको केन्द्रिय महाअधिवेशनतर्फ केन्द्रित भएको छ । नेपाली काँग्रेस पार्टीभित्र आन्तरिक लोकतन्त्र अभ्यास हुननक्नाले पार्टीे विभाजित  भएको र करिब ५ बर्षपछि २०६४ साल भदौंमा विधिवत एकता भएतापनि  भातृसंगठनहरुको पार्टी एकताभएपश्चात पहिलोपटक हुनगइरहेको छ । नेपाली काँग्रेस पार्टी २०६७ साल असोजमा भएको महाधिवेशनबाट पार्टी सभापतिमा सुशिल कोइराला निर्वाचित भएपश्चात भातृसंगठनको अधिवेशन गर्नुभन्दा पनि निर्वाचित भातृसंगठनले सांगठनिक काम कारवाही गर्न  नसकेको कारण देखाइ विघटन गर्नुभयो ।
करिव १ बर्षपछि अधिवेशन तयारी समिति गठन गरेतापनि पार्टी भित्रका केही नेताहरुले निर्वाचित समिति भंग नगर्न अडान लिएपछि विवाद देखियो र केही समयको आन्तरिक विवाद पश्चात २०६९ असार १ गते तदर्थ समितिले पूर्णता पायो ।
नेपाल विद्यार्थी संघको तदर्थ कार्यसमितिको मुख्य उद्देश्य विगत ६ बर्षदेखि हुननसकेको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी रहेको थियो । २०६५ सालदेखि स्वतन्त्र विद्यार्थी यूनियन चुनाव नभएकोले त्रिविमा दवाव सिर्जनागरि स्ववियू निर्वाचनको मिति तय भएतापनि नेपालका नक्कली कम्यूनिष्ट पार्टीका विद्यार्थी संगठनका कारणले चुनाव हुनसकेन किनकी उहाँहरुमा पराजित मानसिकताले काम गर्यो र स्ववियूको चुनाव स्थगित भयो ।
हालसम्म नेपाल विद्यार्थी संघको ११ औं अधिवेशनका तयारी सम्वन्धमा भन्नुपर्दा केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम देशका ७५ जिल्ला र देशका केही ठुला क्याम्पसमा प्रतिनिधि खटिएपश्चात ५० वटा जिल्ला अधिवेशन सम्पन्न भईसकेको छ भने धेरैजसो क्याम्पसमा अधिवेशन सर्वसम्मत भएका छन् भने नभएका ठाउँमा लोकतान्त्रिक विधिपूर्वक सम्पन्न भएको छ । केही जिल्लामा अधिवेशन उद्घाटन पश्चात विवादित बनेका छन् जुन जिल्लाहरुमा रामेछाप, सल्यान, डडेलधुरा, सिन्धुपाल्चोक र रुपन्देही छन् ।
त्यसैगरि केन्द्रबाट केन्द्रिय प्रतिनिधि खटिएतापनि जिल्लाको राजनीतिक अवस्थाका कारणले गर्दा अधिवेशन गर्न बाँकी रहेका जिल्लाहरुमा कास्की, बारा, धनुषा, भक्तपुर, रसुवा, नवलपरासी, मुस्ताङ्ग, कपिलबस्तु, सुर्खेत, कञ्चनपुर, ललितपुर, रौतहट, मकवानपुर, नुवाकोट, चितवन, धादिङ्ग, पर्सा, काठमाण्डौं जिल्लाहरु केही समस्या र चुनौती देखिएका छन् जसलाई न्यूनीकरण गरि अधिवेशन गर्नाका निम्ति नेपाली काँग्रेसको केन्द्रिय नेतृत्व र पार्टीको जिल्ला नेतृत्वको ध्यानकर्षण हुनु आवश्यक देखिएको छ ।
नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकबाट ने.वि.संघले तय गरेको भाद्र २९, ३० र ३१ तय गरेको अधिवेशनको मितिलाई अनुमोदन गरेको छ जसले गर्दा आम लोकतन्त्रप्रेमी जनसमुदायमा ने.वि.संघको
अतः नेपाल विद्यार्थी संघको ११ औं केन्द्रिय महाधिवेशनबाट सवल, नेतृत्वदायिक भूमिका निर्वाह गर्नसक्ने सक्षम, इमान्दार, विचारशील, शैक्षिक योग्यता हासिल गरेको र आफ्ना कार्यकर्तालाई संरक्षण गर्नसक्ने योग्य व्यक्तिहरुलाई देशभरिबाट आउने कार्यकर्ताले छनौट गर्नमा ने.वि.संघ केन्द्रिय कार्यसमिति विश्वस्त रहेका छौं । नेपालमा दिगो शान्ति र लोकतान्त्रिक संविधान निर्माण गरि देशमा संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नाका लागि भावी नेतृत्वको महत्वपूर्ण भूमिका रहनुका साथै खँस्कदो विद्यार्थी आन्दोलन र शैक्षिक क्षेत्रलाई उन्नतितर्फ उजागर गर्नतर्फ केन्द्रित रहनुपर्न आवश्यकता रहेको छ ।अधिवेशन हुनेमा सकरात्मक रुपमा आशावादी रहेको अवस्थामा लोकतन्त्रलाई मजवुत गराउनका साथै भोलिको काँग्रेस मजवुत गराउनका निम्ति पार्टी नेतृत्व र हामी सम्पूर्ण विद्यार्थी वर्ग गुट–उपगुटबाट माथि उठी इच्छाशक्ति देखाएर कार्य गरेमा तोकिएको समयमा अधिवेशन हुनेछ ।
जयनेपाल !
(लेखक नेविसंघका केन्द्रीय सदस्य हुन्)


Post a Comment

 
Top