0
सद्धर्भ सभा धर्मसंघ बुद्ध विहारको २४औं साधारणसभा तथा १२औं अधिवेशन श्रावण १० गते शनिबार शाक्य समाज भवन नदीपुरमा सम्पन्न भएको छ । सद्धर्भ सभा धर्म संघ बुद्ध विहारका अध्यक्ष मोतिमान शाक्यको सभापतित्वमा सम्पन्न सो समारोहमा उपाध्यक्ष दुर्गामान बुद्धाचार्यले स्वागत मन्तव्य व्यक्त गरका थिए ।
 सो अवसरमा सचिव पूर्णमान बुद्धाचार्यले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष विकासरत्न शाक्यले आयव्यय विवरण प्रस्तुत गरेका थिए । सोहि साधारण सभाको दोस्रो सत्रमा आगामी दुई बर्षे कार्यकालका लागि नयाँ कार्यसमितिको निर्वाचन  सम्पन्न भएकोछ । उक्त निर्वाचनबाट अध्यक्षमा भरतराज शाक्य र सदस्यहरुमा ईश्वरमान शाक्य, पूर्णमान बुद्धाचार्य, अशोक कुमार शाक्य, विकासरत्न शाक्य, चिजमान शाक्य, तेजेन्द्र शाक्य, कृष्णमान बुद्धाचार्य, शान्तमान बुद्धाचार्य, सुरेश शाक्य र दिनेशमान बुद्धाचार्य निर्वाचित भएका छन् । निर्वाचन कार्यक्रम व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि उत्तममान बुद्धाचार्यको संयोजकत्वमा सदस्य प्रदिप बज्राचार्य, दिनेशराज शाक्य र सहयोगी सदस्यहरुमा विक्रम बुद्धाचार्य, अनुप बज्राचार्य र सुमेधमान बुद्धाचार्य रहेका निर्वाचन समिति २०७१ गठन गरि निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन परिणाम घोषणा पछि भएको कार्यक्रममा नव निर्वाचित अध्यक्ष भरतराज शाक्यले आफू मन, वचन र कर्मले बुद्ध शिक्षा अनुरुप सद्धर्म सभाको कार्यक्रम गर्दै जाने प्रण गरेका थिए । अध्यक्षका प्रत्यासी लालबहादुर गुभाजुले चुनावमा हार जीत निश्चित रहेकाले आफूले यस संस्थाको उन्नति प्रगतिको लागि हमेशा क्रियाशिल रहने बताए ।
अध्यक्ष मोतिमान शाक्यले निर्वाचन समितिले रोचक र निष्पक्ष भै राष्ट्रिय चुनावको झल्को दिनेगरि सम्पूर्ण तयारीका साथ चुनाव सम्पन्न गरेकामा धन्यवाद ज्ञापन गरे । निर्वाचन समिति सदस्य प्रदिप बज्राचार्यले संचालन गरेको कार्यक्रमको अन्त्यमा निवार्चन संयोजक उत्तममान बुद्धाचार्यले नव निर्वाचित अध्यक्ष र कार्य समितिलाई विजयको प्रमाण पत्र प्रदान गरेका थिए ।

Post a Comment

 
Top