प्रेस चौतारीको पुरस्कार छनौट समिति
पोखरा ५ साउन ।(गोल्डेन)
प्रेस चौतारी कास्कीले संचालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार २०६९ को प्रतिभा छनोट समिति गठन गरेको छ । प्रेस चौतारी कास्कीको सोमबार बसेको बैठकले प्रतिभा छनोट समितिको सदस्यमा प्रेस चौतारीका केन्द्रीय सदस्य सुष्मा पौडेल, प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष नवराज सुवेदी, कास्कीका पूर्व अध्यक्ष रुद्रबहादुर थापालाई चयन गरेको छ भने पदेन सदस्यमा प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवर, सचिव माधव बराल रहनुभएको छ । प्रेस चौतारी पत्रकारिता पुरस्कारको राशि ११ हजार १ सय ११ रहेको छ । बैठकले नेपाल पत्रकार महासंघ कास्कीले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको लागि गठन गरेको अनुगमान समितिमा प्रेस चौतारीकोतर्फबाट उपाध्यक्ष सन्तोष अधिकारीलाई प्रतिनिधि तोकेको छ । यसअघि महासंघले पत्र पठाएर प्र्रतिनिधि पठाइदिन भनेको थियो । चौतारीका अध्यक्ष श्याम कुँवरको अध्यक्षतामा बैठक बसेको थियो ।

Post a Comment