पोखरामा शनिबार आयोजित रक्तदान कार्यक्रममा १५५ युनिट रगत संकलन भएको छ । पोखरा क्षेत्रमा रगतको अभाव भएपछि विभिन्न संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरिरहेको बेला धादिङ–पोखरा सम्पर्क समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ११२ युनिट र एड्स रोग नियन्त्रण संघ कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ युनिट गरी १५५ युनिट रगत रगत संकलन भएको हो
धादिङ–पोखरा सम्पर्क समिति पोखरामा रक्तदान कार्यक्रम आयोजना गर्ने विभिन्न संस्थाहरुमध्ये धादिङ–सम्पर्क समिति दोस्रोमा रहेको रक्तसंचार केन्द्र पोखराले जनाएको छ । पहिलो रक्तदाता राजेन्द्र प्रसाद इटनीलाई व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति बामदेव ढुङ्गानाले रक्तदान जस्तो पुण्य कर्म अन्य कुनै नहुने बताए । उनले सामाजिक क्षेत्रमा धादिङ समितिले खेलेको भूमिकाबाट सबै संघसंस्थाले पाठ सिक्नुपर्ने स्पष्ट पारे ।
समितिका अध्यक्ष बलराम खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, रुद्रप्रसाद खनाल, धादिङ सहयोग संस्थाका अध्यक्ष वेनी पाठक, रक्तदाता स्वयंसेवी समाज कास्कीका अध्यक्ष तीर्थराज अवस्थी लगायतले रक्तदानको महत्वबारे चर्चा गर्दै पोखरामा देखिएको रगत अभावलाई परिपूर्ति गर्न धादिङ–पोखरा सम्पर्क समितिले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्सालले स्वागत मन्तव्य एवं धादिङ सहयोग संस्थाका अध्यक्ष छन्द धरेलले कार्यक्रम संचालन गरेका थिए ।
पोखरामा देखिएको रगत अभावलाई मध्य नजर एवं नियमित कार्यक्रम अन्तर्गत सो रक्तदान कार्यक्रम आयोजना गरिएको हो । यो रक्तदान समितिको ११औं रक्तदान हो । समितिले यसअघि १० पटक रक्तदान कार्यक्रम आयोजना गरिसकेको छ । ११औं रक्तदान कार्यक्रम सम्पन्न गर्नका लागि संयोजक हरि पन्त, सह–संयोजकमा शम्भुप्रसाद अधिकारी र शेरबहादुर अधिकारी, दीपक गिरी, प्रकाश दुलाल, गोपाल नेपाली एवं कृष्णप्रसाद थपलिया सदस्य रहेको एक उपकमिटी गठन गरिएको थियो । कार्यक्रमका लागि समितिमा आवद्ध विभिन्न व्यक्तिहरुले आर्थिक, जिन्सि सहयोग गरेका थिए भने रक्तसंचार केन्द्र पोखराका प्रतिनिधिहरुले प्राविधिक सहयोग गरेका थिए ।
यसैबीच एड्स रोग नियन्त्रण संघ कास्कीले शनिबार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथी कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले पहिलो रक्तदाता रामप्रसाद अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि अधिकारीले रक्तदान गर्नाले मानिसलाई फाइदा पुग्ने बताउँदै सामाजिक कार्य गरेकोमा संघलाई धन्यवाद दिए । संघका अध्यक्ष विश्वमोहन गौचनले एचआइभी एड्स सचेतनासँगै संघले रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको जानकरी दिए । संघका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गणेश बहादुर श्रेष्ठले स्वागत गर्दै सामाजिक कार्यमा हातेमाले गरि अघि बढ्नुपर्नेमा जोड दिए । संघका अध्यक्ष विश्वमोहन गौचनको अध्यक्षतामा भएको कार्यक्रममा संघका सचिव राजन उपाध्याय, कोषाध्यक्ष रामप्रसाद अधिकारी, शहरी डट्स कमका अध्यक्ष रुद्रप्रसाद सुवेदी लगायतले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।

Post a Comment