0
लघु वित्तीय कारोवार गरीरहेका गैर सरकारी संस्थाहरु वैंकमा रुपान्तरण हुँदा ५१ प्रतिशत संस्थापक शेयर राख्न पाउने व्यवस्था सह्रानीय भएको बताउँदै वर्तमान मौद्रिक नीतिले नेपालको लघुवित्त क्षेत्रलाई प्रवद्र्धन गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको पोखरामा आयोजित एक कार्यक्रममा बताइएको  छ ।
नेपाल राष्ट्रवैंकले हालै सार्वजनिक गरेको आ.व. २०७१÷७२ को मौद्रिक नीतिमा लघु वित्तीय कारोवार गर्ने गैर सरकारी संस्थाहरुलाई ५१ प्रतिशत संस्थापक शेयर राख्ने पाउने व्यवस्था गरेको छ । यसवाट वैंकमा रुपमान्तरण भए पश्चात पनि संस्थाहरुको सामाजिक भावना र कार्यशैलीले निरन्तरता पाउने लघु वित्त संस्थाहरुको भनाई रहेको छ ।
हालै सम्पन्न लघु वित्त संघ, मिफान नेपालको चौंथो अधिवेशनबाट नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष विश्व प्रकाश प्रसाईको सम्मानमा आयोजित संस्थागत स्वागत कार्यक्रममा उपाध्यक्ष प्रसाईले सो कुरा बताएका हुन् । नेपालको निरपक्ष गरिवीलाई न्यूनिकरण गर्नमा लघु वित्त क्षेत्रको उच्च योगदान रहेको वताउदै सवै लघु वित्तीय कारोवार गर्ने संस्थाहरुलाई एउटा दायरामा ल्याउन अनिवार्यमा वैंकमा रुपान्तरण हुनुपर्ने नेपाल राष्ट्र बैंकको नीति स्वागतयोग्य भएको उनको भनाई थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनाथ बरालले हामीले गरिवहरुको मुहारमा खुशी ल्याउन सकेमात्र लघु वित्त संस्थाको उन्नती हुने बताउँदै  यसका लागि लघुवित्त संस्थाहरु विच शहकार्य वढाउनु पर्नेमा जोड दिए । लघुवित्त संघ नेपालको सक्षम नेतृत्वका कारण हामी सवैलाई संरक्षकत्व र सुरक्षित महशुस भएको बताउँदै सम्मानको संस्कारले यसमा अभिवृद्धि गर्ने उनको भनाई थियो ।
कार्यक्रममा वोल्दै सृजना विकास केन्द्रका कार्यकारी विर बहादुर अधिकारीले लघुवित्त संघ नेपालको अनुकरणीय भुमिका र पहलले हामीले अपेक्षा गरे वमोजिम नीतिगत व्यवस्थाहरु आएको बताए । सवै संस्थाहरु शहकार्य गरेर अगाडी वढेमा अरु थप अवसरहरु सृजना हुनेमा उनले जोड दिए ।
संस्थाका उपाध्यक्ष प्रसाईलाई संस्थाका अध्यक्ष रुद्रनाथ बरालले ढाका टोपी, टीका र माला लगाई सम्मान अर्पण गरेको कार्यक्रममा कार्यकारी प्रमुख वीर वहादुर अधिकारीले मायाँको चिनो प्रदान गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष बरालको समापतित्व, कार्यकारी प्रमुख अधिकारीको स्वागत एवम् अनुगमन अधिकृत धर्मदत्त आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top