कृष्ति, निर्मलपोखरी र पुम्दीभुम्दी गाविसवासीले स्थानीय ग्रामिण सडक निमार्ण र स्तरउन्नतिमा गाविस तथा सम्बन्धित निकायले कुनै सहयोग नगरेको गुनासो गरेका छन् ।
उनीहरुले गाविसमा खानेपानीको योजना, शिक्षा र स्वास्थ्य लगायतका आधाभूत आवश्यकताहरुको पनि उचित व्यवस्था समेत हुन नसकेको बताए । जिल्ला विकास समिति कास्कीको आयोजना तथा रेडियो सफलता को संयोजनमा कृष्ति गाविसको युवा वर्ष प्रावि कमेरेमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरूले यस्ता गुनासा गरेका हुन् । कार्यक्रममा उठेका जिज्ञासा र स्थनीउको गुनासोको जवाफ दिदै सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नै क्षेत्रबाट समस्या समाधानका लागी आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन् । त्यस अवसरमा प्रमुख जिल्ला इन्जिनियर नारायण प्रसाद श्रेष्ठ, जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर लक्ष्मी प्रसाद भण्डारी, जिविसका योजना अनुगमन तथा प्रशासन प्रमुख निसानराज गौतम, सामाजिक शाखा प्रमुख एंव इन्जिनियर अर्जुन न्यौपाने, जिल्ला भु–संरक्षण कार्यालयका कास्कीका प्रमुख उद्धव घिमिरे लगायतले सहभागीले उठाएका जिज्ञासाको जवाफ दिएका थिए ।
कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले कुनैपनि गाविसको विकासका लागि गाविसवासी आफै लाग्नुपर्नेमा जोड दिऐ । जनताका असीमित चाहानालाई सीमित श्रोतसाधनले परिपूर्ति गर्नुपर्ने भउकाले विकासको बजेट भने अनुसार वितरण गर्न नसकिएको उनले स्पष्ट पारे । व्यवस्थित विकासको लागि लगानी वृद्धिका साथै स्थानीयहरुको सक्रियता आवश्यक पर्ने उनले बताए ।
कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय आमा समूह तथा युवा क्लवका प्रतिनिधिहरु लगायत सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो । स्थानीय विकास अधिकारी तारानाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण रेडियो सफलताकी प्रबन्ध निर्देशक दुर्गा अधिकारी र संचालन सरिता तिमिल्सिना पंगनीले गरेकी थिइन ।
Post a Comment