0
पोखराको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको वित्तीय संस्था कास्की फाइनान्स लिमिटेड सातौं  वर्ष पूरा गरि आठांै वर्ष प्रवेश गरेको अवसरमा संस्थाले पोखरा १६ वाटुलेचौरमा अवस्थीत मातृ शिशु मितेरी अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । पिछडिएका जाती तथा अति विपन्न वर्गका समुदायको उपचारमा सहयोग पु¥याउन अस्पताललाई उक्त उपकरणहरु हस्तान्तरण गरिएको संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । त्यसै गरि बार्षिकोत्सवको अवसरमा संस्थाले कास्की जिल्लाको सराङकोट गा.वि.स.मा पर्ने ठोट्ने खोला सामुदायिक बन उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ । वार्षिक उत्सव कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले विगत वर्षहरुमा ठोट्ने खोला सामुदायिक बन उपभोक्ता समूह संगको सहकार्यमा वृक्षरोपण तथा संरक्षण गरिएको वन हुर्काउने दायित्व आफ्नो संस्थाको भएको बताए । उक्त क्षेत्रमा आयमूलक हुने अमला, हर्रो, लप्सी, रुद्राक्ष, तेजपत्ता, कपुर जातका करिब २५० विरुवाहरु संरक्षित रुपमा हुर्कदै गएका छन् । सोहि कार्यक्रममा अधिकारीले संस्थाको गतिविधिमाथि प्रकाश पार्दै आर्थिक वर्ष २०७०÷०७१ को आषाढ मसान्तसम्म रु.२ अर्व ३५ करोड निक्षेप संकलन तथा रु २ अर्व ७ करोड कर्जा लगानी गरि रु ८ करोड ४८ लाख रुपैयाँ संचालन मूनाफा आर्जन गर्न सफल भएको जानकारी दिए । हाल संंस्थाको ९ शाखा र १ एक्सटेन्सन कार्यालय सहित कुल १० वटा शाखा संजाल रहेको छ ।

Post a Comment

 
Top