0
युनाइटेड क्लव पोखराले सर्वाधिक पुरस्कार राशी सहितको प्रथम खुल्ला सेभेन ए साईड फुटवल प्रतियोगिता गर्ने भएको छ । खेलकुदको माध्यमबाट आपसी भाइचारा सम्वन्ध कायम गर्ने उद्देश्यका साथ क्लवले प्रथम पटक सेभेन ए साइड फुटवल प्रतियोगिता गर्न लागेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । सोमबार अमरसिंह चौरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष हिमालय बख्रेलले खेलकुदको क्लवको चार कार्यक्षेत्र शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन अन्तर्गत क्लवले आगामी भदौ एक देखि सात गतेसम्म सेभेन ए साइड फुटवल प्रतियोगिताको आयोजना गर्न लागेको बताए । पोखरामा आयोजना गरिएको सेभेन ए साइड फुटवल प्रतियोगिताहरु मध्ये सर्वाधिक पुरस्कार राशि सहित आयोजना गर्न लागेको प्रतियोगितामा ४० वढी टीमले सहभागिता जनाउने समेत अध्यक्ष बख्रेलले बताए । अमरसिंह खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम हुने टीमले १ लाख ५ हजार नगद, शीलड, मेडल ट्रफी र प्रमाणपत्र, दोश्रो हुनेले ४० हजार नगद, शीलड, मेडल टूफी र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट गोलकर्तालाई जनही १० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि शुक बहादुर गुरुङको संयोजकत्वमा मूलआयोजक समिति निर्माण गरिएको छ । त्यसैगरी उप–समितिहरुमा लालकाजी गुरुङ प्रचार प्रसार संयोजक, शान्त बहादुर थापा मैदान ब्यवस्थापन संयोजक, लोकबहादुर थापा स्वास्थ्य,राजु श्रेष्ठ अर्थ, शावित्री थापा अतिथि सत्कार, भिम बहादुर गुरुङ सुरक्षा, कृष्ण थापा पुरस्कार तथा मेडल, दीपकमान गुरुङ सरसफाई, गणेश तिमिल्सिना क्लव समन्वय, निर्मला लामिछाने मञ्च ब्यवस्थापन र हिमालयन बख्रेल संरक्षक रहेका छन ।

Post a Comment

 
Top