0
सर्वेश्वर युवा क्लबको हालै सम्पन्न सातौं अधिवेशनले पुष्पराज कोइरालाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अभियान कोइराला, सचिवमा बेन्जु कोइराला, सहसचिवमा शैलेशबाबु कोइराला, कोषाध्यक्षमा आमोद कोइराला रहेका छन् । सदस्यहरुमा अमित गुरुङ्ग, सचिन अधिकारी, महेश कोइराला, प्रतिक्षा कोइराला, साहारा कोइराला र स्मृती न्यौपाने रहेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा उपमहानगरपालिकाका सामाजिक कार्यक्रम प्रमुख, बरिष्ठ कार्यक्रम अधिकृत ओमराज पौडेलले क्लबले स्थानीय विकासमा सहयोगी भूमिका खेल्नु पर्ने बताए । विकासशील कामका कुनैपनि योजना लिएर आए नगरपालिका सदैव सहयोग गर्न तयार रहेको बताउँदै उनले क्लको नयाँ कार्यसमितिलाई शुभकामनासमेत दिए । त्यस्तै, उपमहानगरपालिका का बरिष्ठ प्रशासन अधिकृत अन्नतप्रसाद कोइरालाले क्लबले गरेको काम सह्राहनीय भएपनि अझ बढी सामाजिक कार्यमा लाग्नुपर्ने सुझाव दिए ।
त्यस्तै, पृथ्वीनाराणि क्याम्पसका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाले युवाहरु विदेशिने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै क्लबले आर्थिक गतिविधि क्रियाशील हुनुपर्नेमा जोड दिए । कार्यक्रममा परोपकार सर्वेश्वर नारी समुहकी अध्यक्ष लिला कोइराला, गैहापाटन टोल बिकास संस्थाका अध्यक्ष बसन्तकेशव बास्ँतोलाले कार्यसमितिलाई शुभकामना दिएका थिए । वार्षिकोत्सव एवं अधिवेशनको क्रममा क्लबलाई सहयोग गर्ने तीन जनालाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरी सम्मानसमेत गरेको छ । सम्मानित हुनेमा शिवजीप्रसाद अधिकारी, जसोदादेवी कोइराला र दिपक के श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा सचिव अभियान कोइरालाले प्रगति प्रतिबेदन, कोषाध्यक्ष अपिल कोइरालाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । नवर्निवाचित अध्यक्ष पुष्पराज कोइरालाले क्लबलाई नयाँ तवरबाट अघि बढाउनुका साथै युवावर्गको क्षमता विकासमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

Post a Comment

 
Top