पोखरा उद्योगा वाणिज्य संघको आयोजनामा राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७१ आउँदो मंसिर पहिलो साता हुने भएको छ । मेला मंसिर ४ देखि १४ गतेसम्म पोखराको नयाँ बजाारस्थित प्रर्दशनी केन्द्रमा आयोजना गर्न लागिएको बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
गत वर्ष मेला माघमा आयोजना गरिएको थियो । संविधान सभा निर्वाचनका कारण मेला ढिला गरिएको र यस वर्ष मंसिरमै गर्न लागिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जिबबहादुर कोइरालाले जानकारी दिए । यसैबीच गतवर्ष सम्पन्न व्यापार मेलाबाट करिब २१ लाख रुपैयाँ नाफा भएको छ । गत माघ ९ देखि २० गतेसम्म पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा सम्पन्न भएको थियो । मैलाबाट ९३ लाख ९६ हजार ४ सय २० रुपैयाँ आम्दानी, ७२ लाख ९८ हजार २ सय ३७ रुपैयाँ खर्च भै २० लाख ९८ हजार रुपैयाँ बचत भएको आयोजक पोखरा उद्योग वाणिज्य संघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
संघले सामाजिक उत्तरदायित्व बहन गदै टिकट बिक्रीबाट प्राप्त रकम पोखरामा दमकल खरिदका लागि प्रति टिकट दुई रुपैयाँ, बालश्रम न्यूनिकरण कार्यक्रमको लागि एक रुपैयाँ र समग्र पोखराको विकासका लागि दुई रुपैयाँ छुट्याइएको संघका अध्यक्ष सञ्जिवबहादुर कोइरालाले जानकारी दिए ।
उनका अनुसार दलमक खरिदका यस वर्षको मेलाबाट १ लाख ८ हजार ५ सय ५० रुपैयाँ समेत गरी हालसम्म संकलित रकम १४ लाख ८१ हजार ५ सय ५१ रुपैयाँमा केही रकम थप गरी पोखराको टड्कारो आवश्यकताको रुपमा रहेको दमकल खरिद गर्नका लागि रोटरी क्लव अफ पोखरा अन्नपूर्णलाई म्याचिङ फण्डका लागि १५ लाख रुपैयाँ प्रदान गरेको छ । कार्यक्रम अध्यक्ष कोइरालाकै अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रथम उपाध्यक्ष विन्दुकुमार थापा, महासचिव नारायण कोइराला, उपमहासचिव हीरा भट्टराई, ईश्वर कर्माचार्य, दीलिपराज श्रेष्ठ लगायत अन्य पदाधिकारीको समेत सहभागिता रहेको थियो ।

Post a Comment