0
पोखरा वडा नम्बर ११ महिला समन्वय समितिको आयोजना तथा पोखरा महेन्द्रपुलमा रहेको हङकङ हर्वल व्युटी ईन्स्टिच्युटको सहकार्यमा पोखरामा संचालन भएको तीन महिने आधारभुत व्युटिसियन तथा क्षमता अभिबृद्धि सम्बन्धि तालिम विहिबार पोखरामा सम्पन्न भएको छ ।तालिममा सहभागिहरुलाई पोखरा वडा नम्बर ११ का वडा सचिव भिमदेव शर्माले प्रमाण पत्र वितरण गरेका थिए । समितिका अध्यक्ष वकावली शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ईन्स्टिच्युटका निर्देशक तथा राष्ट्रिय सौदर्यकर्मी युनियन प्रतिनिधि परिषदका परिषद प्रमुख मिना गुरुङ, टोल विकास संस्थाका अध्यक्ष तुलाराम भण्डारी, सल्लाहकार तिर्थकुमारी गुरुङ, सरस्वती भण्डारी, भानुभक्त आमा समुहका अध्यक्ष मिठु गुरुङ लगायतले बोलेका थिए । तालिममा सहभागि मध्य लक्ष्मी गुरुङलाई ईन्स्टिच्युटले डिप्लोमा कोर्ष निशुल्कः प्रदान गर्ने भएको समितिका उपाध्यक्ष रेखा बाँस्तोलाले बताईन।

Post a Comment

 
Top