टोल विकास संस्था वडा समन्वय समिति वडा नम्बर ८ को आयोजनामा नेतृत्व तथा संस्था व्यवस्थापन सम्बन्धि त्रिदिवसीय क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले तालिम लिए पनि सकारात्मक परिवर्तन नभए त्यसको कुनै अर्थ नरहने बताए । विगतमा भन्दा अहिले महिला सशक्तिकरणका कार्यक्रमहरुले तिव्रता पाएको पनि उनले बताए । पोखरा उपमहानगरपालिकाले अहिले विभिन्न दातृ निकायबाट आएको सहयोगको श्रेय नगरबासीलाई जाने उनले बताए । उनले अव छिट्टै पोखरा उपमहानगर पालिकाले सम्वन्धित निकायमा छलफल गरेर एकीकृत सम्पक्तिकर लागु गर्ने जानकारी दिए । कार्यक्रममा मानव मिलन नारी जागरणका अध्यक्ष सावित्री शर्मा, नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल, बोडकास्टिङ एशोसियसन अफ नेपालका सचिव दुर्गा अधिकारी, नेपाल पत्रकार महासघंका सदस्य सुस्मा पौडेल, नेपाली काग्रेस वडा इकाईका पूर्व सभापति विरेन्द्र विजुक्छे, राप्रपाका वडा इकाई समितिका अध्यक्ष राजु पौडेल, अखण्ड नेपालका जिल्ला उपाध्यक्ष ठूलो टेकन गिरी, नेपाली कागे्रसका वडा इकाई सभापति सानो टेकन गिरी, वडा समन्वय समिति वडा नम्वर ८ का उपाध्यक्ष शारदा सुवेदी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । टोल समन्वय समिति पोखरा ८ का अध्यक्ष शारदा गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन टोल विकास सस्था वडा समन्वय समिति पोखरा ८ का सचिव पार्वती पौडेलले गरेका थिइन । ३ दिने तालिमको सहजीकरण पोखरा उपमहानगर पालिकाका कार्यक्रम अधिकृत दुर्गा न्यौपाने र वित्त अधिकृत सविता ढुङ्गानाले गरेकी थिइन ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» नेतृत्व तथा संस्था व्यवस्थापन सम्बन्धी तालिम
Subscribe to:
Post Comments (Atom)
Post a Comment