0
प्राविधिक शिक्षाले पनि दक्ष जनशक्ति उत्पादन गर्न नसकेको पोखरामा आयोजित कार्यक्रममा जनाइएको छ । अनेरास्ववियु क्रान्तिकारी सिटिईभिटीले आयोजना गरेको प्राविधिक शिक्षा, आम विद्यार्थीको पहँुच विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले प्राविधिक शिक्षाको जिम्मा लिएको सिटिईभिटी आँफै समस्याको भूमरीमा परेको भन्दै उसको भूमिका प्रभावकारी हुन नसकेको उनीहरुको धारणा छ । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कास्कीका प्रमुख अम्बिका प्रसाद आचार्यले प्राविधिक धारलाई अगाडी बढाउन तलैबाट बेश बनाएर जानुपर्ने धारणा ब्यक्त गरे । प्राविधिक शिक्षाको महत्व हुँदाहँुदै पनि प्रभावकारी बनाउन नसक्नु चिन्ताको विषय भएको उनको भनाई थियो ।
प्राविधिक शिक्षामा पनि गुणस्तरको आवश्यकता हुने भएकाले सिकाइएको शिपमा दक्ष बनाउनु पर्नेमा आचार्यले जोड दिए । अनेरास्ववियु सिटिईभिटिका केन्द्रीय सचिवालय सदस्य कमल न्यौपानेले सिटिईभिटी मापदण्ड अनुसार नचलेको बताए । प्राविधिक शिक्षा पछिल्लो समय निजिकरण तिर गएपछि सर्वसाधारणको पहुँच भन्दा माथि रहेको उनको भनाई थियो । सरल र सहज पहुँच नभएकोले प्राविधिक शिक्षा धनीहरुले मात्र लिने बिषय जस्तो बनेको न्यौपानेले बताए । आम जनताका छोराछोरीले चोहेर पनि प्राविधिक शिक्षा लिन नपाएकाले अब यो शिक्षालाई क्षमताको आधारमा सहुलियत दिंदै लैजानु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा कास्कीका विभिन्न राजनीतिक दल निकटका विद्यार्थी संगठनका प्रमुख तथा प्रतिनिधिहरुले प्राविधिक शिक्षा महँगो भएको बताएका थिए । प्राविधिक शिक्षामा पछिल्लो समय सिण्डिकेट जस्तो देखा परेको उनीहरुको भनाई थियो । विद्यार्थीहरुको हकहितका लागि सबै विद्यार्थीहरु बीचको एकता आवश्यक पर्ने उनीहरुले जोड दिए ।

Post a Comment

 
Top