0

पोखरा ३२ असार ।
पोखरा उपमहानगरपालिका वडा नंं. १३ का चिसापानीवासीले  टोल विकास समितिको नाममा करिब ३ सय मिटर बाटो निर्माण एवं पुनर्निर्माण गरेका छन् । वर्षायमको समय सडकमा खाल्डाखुल्डी भई पानी जमेर हिंडडुल गर्न अप्ठ्यारो भएको भन्दै पोखरा उपमहानगरपालीको सहयतामा उनीहरुले  २ सय ३६ मिटरको सडक निर्माण गरेका हुन् । बिहानैदेखि घाम पानी नभनि यहाँका स्थानीयहरु तीन महिनादेखि जनश्रमदान गरिरहेका छन् । अरुको मुख तोकेरमात्र समस्या समाधान नहुने भएपछि उनीहरु आफैँ एक जुट भइ सडक निर्माणमा लागेका हुन्  । नगरपालिकासंग गरेको सम्झौता बाहेक उनीहरुले सडक ढलान, सिँचाइका लागि कुलो, निर्माण गरिरहका छन । स्थानीयले योजना बहेक दैनिक सात घण्टा जनश्रमदान गर्दै टोल विकासमा लागेको बताउँछन् । आफ्नो गाँउ आफैँ बनाऔँ भन्ने नारालई साकार गर्दै टोल विकासमा रात दिन लागेको उपाध्यक्ष चन्द्रबहादुर गुरुङको भनाई छ  । पोखरा १३ चिसापानी कब्रस्थान मार्गमा दैनिक ६० जनाले जनश्रमदानमा गरिरहेका छन । उक्त सडक निर्माणका यस अघिको नगरपालिकाको नगरपरिषदले ३ लाख रुपैयाँ विनियोजित गरेको थियो । सोहि रकममा स्थानियहरुले सडक मार्ग निर्माणमा लागेका थिए । स्थानीयहरुको सक्रियतामा यस अघि पनि विभिन्न विकास निर्माणका कार्य सम्पन्न गरिसकेको भन्दै नगरपालिकाले पछिल्लो पटक थप बजेट छुट्याएको थियो । चिसापानी कब्रस्थानको २ सय ३६ मिटर ढलानका लागि २१ लाख ६४ हजार ३ सय ६० लाग्ने अनुमान गरेपछि नगरपालिकाले ७० प्रतिशत रकम उपलब्ध गराउने सम्झौता स्थानीयसंग गरेको हो सडक निर्माण समितिका अध्यक्ष तिलबहादुर गुरुङले गोल्डेन न्यूज दैनिकसंग भने  । वडावासीको विकासप्रतिको उत्साह र जनसहभागिता देखेर नगरपालिकाले थप विकासका कार्यक्रम थपिदिएको नगरपालिका कार्यकारी अधिकृत झलकराम अधिकारीले बताए । यहाँका स्थानीयवासीको सहभागिता अन्य उपभोक्त निमिक्त उदाहरणीय बनेको उनले बताए । उनले स्थानीय वासीको उत्साह कायम राख्नुपर्ने भवना सहित थप कार्यक्रम दिने प्रतिवद्धता गरे । १५ लाख २२ हजार पोखरा उपमहानगरपालिकाले दिने भएपछि अन्य रकमका लागि स्थानीयले जनश्रमदान गर्न लागेको हो । नगरपालिकाको सम्भौता अनुसार असार मशान्तसम्म सो ढलान सिध्याउनुपर्ने हो तर नेपाल ट्रिपर व्यवसायीले गरेको आन्दोलनको मारमा परेपछि केहि दिन ढिलो हुने देखिएको छ । गत चैत्त २८ गते बाट शुरु गरेको सो सडक निर्माणका लागि ६ लाख ५२ हजार ३ सय ८ रुपैयाँ जनश्रमदानको आवश्यकता पर्छ । पिच सडक भन्दा ढलानको आयु बढि हुने भएकाले पोखरा नगरपालिकाले ढलन सडकलाई प्रथामिकता दिंदै आएको छ । ४ इन्च सोलिङ्ग र ४ इन्चको ढलान गरिएको उक्त सडकको आयु ३० वर्षको हुने नगरपालिका इन्जिनियर श्यामजी बाँस्तोलाले बताए । स्थानीयवासी जगारुक भएर पिसिसि ढलान बाटो निर्माण गरेकाले विकास निर्माण दीर्घकालिन हुने दावी छ । सडक ढलननसंगै सिचाँइका लागि पक्की कुलो बनेपछि सो क्षेत्रमा रहेको ८० रोपनी खेतियोग्य जमिनमा सिचाँइ गर्न सजिलो हुने । सडक निर्माण संगै स्थानीयले डेढ लाख खर्च गरेर खानेपानी लाइन विस्तार पनि गरिएको छ । हिलो र धुलो हुने सडक पक्की हुने भए पछि स्थानीयहरु हौसिएर दिन रात लागिरहेको चिसापानी टोलविकास संस्थाका अध्यक्ष बिज्रामान गुरुङले बताए । सडक निर्माणका लागि नगरपालीकालाई निवेदन गर्दा एक पाटो मात्रलाई सम्भौता गरेको तर जनसहभागिता देखे पछि विकास थपिदिएको उनले बताए । सडक निर्माणको थलानी गर्दा जनसहभागिता जुटदैन कि भन्ने चिन्ता रहेपनि पछि जुट्दै जादाँ योजना थप भएको उनले बताए ।

Post a Comment

 
Top