0
नेपाली काँग्रेस कास्कीका सभापति एवं संविधानसभा सदस्य यज्ञबहादुर थापाले यातायात मजदुर र नेपाली काँग्रेस एकै रथका दुई पाङ्ग्रा भएको बताएका छन् । नेपाल यातायात मजदुर संघ कास्कीले आयोजना गरेको वीपी स्मृति दिवसको सन्दर्भ पारेर आशन्न अधिवेशनका लागि तयारी तथा अब बन्ने संविधानमा मजदुरको सम्मानजनक विषयक कार्यक्रममा सभासद यज्ञबहादुर थापाले यातायात क्षेत्रको समस्या र भावि योजना आफूहरुलाई उपलब्ध गराएमा संविधान सभामा बहस चलाउन आफू तयार भएको बताएका थिए ।
थापाले संविधान बन्नेमा कुनै दुई मत नभएको उल्लेख गर्र्दै विगतको सहमतिको स्वमित्व लिएको, लोक लज्जाको पनि ख्याल र प्रक्रियाको थालनीले कसैले रोक्न नसक्ने बताए । उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेका यातायात विभाग प्रमुख अजय चौरासियाले नेपाली काँग्रेस लोकतन्त्रका सम्बाहक भएकाले गाउँगाउँमा वस्ने नागरिकहरु काँग्रेसका संगठन भएकोमा त्यस तर्फ चासो दिनु पर्नेमा जोड दिए । उक्त कार्यक्रममा सभासद शारदा पौडेलले संगठन भनेकै रुखको जराजस्तै भएकाले संगठनलाई चुस्त राख्नु पर्नेमा जोड दिएकी थिइन् । कार्यक्रममा काँग्रेस नेता शुक्रराज शर्माले संगठनमा बसेर अर्को संगठनलाई बलियो देख्नु आफू र आफ्नो संगठनलाई नचिन्नु भएजस्तै भएको बताए ।
नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष जीतबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस पश्चिमाञ्चल क्षेत्रीय समितिका अध्यक्ष मुरारी शर्माले संगठन निर्माणमा पार्टीले समय खर्चनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा अन्य पार्टी र संगठन छोडेर काँग्रेस निकट संघमा आवद्ध भएका अर्जुन खनाल, नारायण लम्साल, ईश्वरीप्रसाद अधिकारी, तुलसी लामिछाने, नरेश लामिछाने, दिपक ढकाल, दिवाकर सुवेदी, शिवप्रसाद अधिकारी र कृष्णप्रसाद सुवेदीलाई अविर र खादा र सदस्यता रसिद सहित पार्टी प्रवेश गराईएको थियो । सो कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष कुलदेवी बराल, नेपाल यातायात मजदुर संघका क्षेत्रीय उपाध्यक्ष किरण पन्त, संघका केन्द्रीय सह–कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, वर्गीय संयोजक गोकर्ण कार्की, नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघका पूर्व उपाध्यक्ष भक्तबहादुर केसी, गण्डकीका सदस्य कल्याण तिमिल्सिना, गण्डकी ट्रक ब्यवसायी समितिका महासचिव डिल्लीराम भट्टराई, पोखरा वस ब्यवसायी समितिका महासचिव माधवप्रसाद गौतम, टे«ड युनियन काँग्रेसका बलराम लामिछाने, ब्यवसायी तथा नेपाल विद्यार्थी संघका पूर्व नेता प्रेमराज पौडेल लगायतले बोलेका थिए । 

Post a Comment

 
Top