विवादका बीच स्वःदयाशंकर पालिखे पत्रकारिता पुरस्कार पोखराका अग्रज पत्रकार नारायण कार्कीलाई प्रदान गरिने भएको छ । पुरस्कार छनोटका लागि गठन गरेको प्रतिभा छनोट समितिले गरेको निर्णलाई उल्ट्याउँदै नेपाल पत्रकार महासंघ कास्कीको बुधबार बसेको बैठकले अग्रज पत्रकार कार्कीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । प्रतिभा छनोट समितिले दुई पटकसम्म पत्रकार रमेश पौडेललाई छनोट गरेपनि महासंघको कार्यसमितिमा विवाद भएपछि छनोट समितिको निर्णय उल्ट्याइएको हो । पहिलो पटक छनोट समितिले पौडेलको नाम सिफारिश गरेपछि छनोट समितिमै विवाद भएको थियो । महासघंबाट सदस्य सचिव रहेको सचिव त्रिभुवन पौडेलले असहमति जनाएपछि सर्वसम्वत निर्णय हुन नसकेपछि महासंघ कास्कीको बैठकमा पनि प्रतिभाको विषयमा विवाद उत्पन्न भएको थियो ।
कार्यसमितिमै अनुमोदन गर्ने बारे विवाद भएपछि सर्वसम्वत नाम लिएर आउन अध्यक्ष रामकृष्ण ज्ञवाली र सचिव त्रिभुवन पौडेलाई आग्रह गरेको थियो । कार्यसमितिको आग्रहपछि पनि सहमति बन्न नसकेपछि पुनः पौडेलकै नाम छनोट समितिले रिफारिस गरेकोमा बुधबार बसेको कार्यसमिति बैठकले निर्णय उल्ट्याउँदै कार्कीको नाम अनुमोदन गरेको हो । पत्रकाहरुको नेता भैसकेका पौडेलले आफू भन्दा साना पत्रकाहरुलाई चिढाउने काम गर्दै आएका छन् । उनले आफूसंगै काम गर्ने सहकर्मीको नाममा कार्यालयमा चाकडी गरेर समाचार आफ्नो नाममा छाप्ने गरेको आरोप लाग्दै आएको छ । पत्रकार पौडेलले कार्यसमितिमा रहेका एक जनालाई आखिर पुरस्कार मैले नै पाउने भएपछि के बखेडा गरेको भनेर बोलेको समेत बताइन्छ । उनले एक दुई जना बोल्दैमा केही नहुने र पुरस्कार आफूले पाउने दावी गर्दै आएका थिए । उनको त्यो घमण्डलाई पत्रकार महासंघ कास्कीको बैठकले चकनाचुर पारेको कतिपयको भनाइ छ ।
महासंघ बैठकको निर्णय अनुसार आदर्श समाज दैनिकका प्रधान सम्पादक कृष्ण बाँस्तोलालाइ पोखरा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिने भएको छ । बाँस्तोला स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष हुन् । ३५ हजार रुपैयाँ नगद पुरस्कार राशि भएको सो पुरस्कार हरेक २ बर्षमा वितरण गरिंदै आएको छ । त्यसैगरी समाधान दैनिकका प्रधान सम्पादक नारायण कार्की स्वर्गीय दयाशंखर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको छ । विगत ४२ बर्ष देखि निरन्तर पत्रकारिता गर्दै आएका कार्की बीबीसी नेपाली सेवाका पोखरा सम्वाददाता हुन् । प्रजातन्त्रका सेनानी स्वर्गीय दया शंकर पालिखेको स्मृतिमा उनका परिवारद्वारा स्थापित पुरस्कारको राशि ३३ हजार तीन सय ३३ रुपैयाँ रहेको छ । सो पुरस्कार हरेक बर्ष प्रदान गरिन्छ ।यसैगरी स्वर्गीय गजेन्द्र भण्डारी स्मृति पत्रकारिता २०७१ बाट खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष विनोद लामिछाने पुरस्कृत हुने भएका छन् । आदर्श नेपाल दैनिकमा कार्यरत पत्रकार लामिछाने एक दशक भन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । यो पुरस्कार २५ हजार रुपैयाँ नगद राशिको छ । तीन वटै पुरस्कार साउनको तेस्रो साता वितरण गरिने महासंघका अध्यक्ष रामकृष्ण ज्ञवालीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
Post a Comment