0



 पोखराको रामबजारस्थित कालिका उच्च माविले स्वर्ण महोत्सवको अवसरमा पोखरामा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । विद्यालय परिषरमा आयोजित कार्यक्रममा एक सय ३१ जनाले रक्तदान गरेको प्रचार प्रसार उपसमितिका संयोजक श्रीराम आचार्यले जानकारी दिए । कार्यक्रममा क्षेत्रीय रक्त संचार केन्द्र र चरक एकेडेमीले प्राविधिक सहयोग गरेका थिए। नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति बामदेव ढुङ्गानाले पहिलो रक्तदाता कालिका क्याम्पस संचालक समितिका अध्यक्ष विश्व घिमिरेलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै सभापति ढुङ्गानाले पछिल्लो समय रक्तदानको महत्व बढ्दै गइरहेको बताए ।त्यसअवसरमा स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक सूर्यप्रसाद तिवारी, क्याम्पस संचालक समितिका अध्यक्ष विश्व घिमिरे, क्याम्पस प्रमुख ज्योतीबाबु पौडेल, भूपू प्रधानाध्यापक महेश गुरुङ र भूपू विद्यार्थी एशोसियशनका सचिव कमल सुवेदीले बोलेका थिए । रक्तदान उपसमितिका संयोजक पूर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य बलराम गिरीले स्वागत र शिक्षक ज्ञानबहादुर थापाले कार्यक्रम संचालन गरेका थिए । यसैवीच, विद्यालयले स्वर्ण महोत्सव मनाउँदै गर्दा विद्यालयका भूपू विद्यार्थीहरुको भेला पनि शुक्रबार नै सम्पन्न भएको छ ।
भेलाले सूर्यबहादुर बाँनियाको अध्यक्षतामा ११ सदस्यीय कालिका उच्च मावि भूपू विद्यार्थी एशोसियशन गठन गरेको छ । समितिको उपाध्यक्षमा वीरेन्द्र पुन, सचिवमा कमल सुवेदी, कोषाध्यक्षमा कुमार थिङ्ग, सदस्यहरुमा विष्णुप्रसाद तिमिल्सिना, मोतिलाल श्रेष्ठ, वसन्त थापा, आशबहादुर तमु, शुशीला गुरुङ, लेखमाया पुन र जयकला शर्मा छन् । भेलाले एशोसियशनको सल्लाहाकारमा सम्मरबहादुर श्रेष्ठ, टोविलाल नेपाली, विनोद भण्डारी, माधव बराल, राजेश गुरुङ, यामकुमार पुन, तिलबहादुर गुरुङ, केशवशरण लामिछाने, पारस द्वा, हरिमाया भुजेल र टकदेवी पुनलाई चयन गरेको छ ।

Post a Comment

 
Top