0
गण्डकी धौलागिरि अञ्चलमा आर्थिक वर्ष २०७०÷७१ मा २५ वटा ठूला होटलहरु थपिएका छन् भने १० वटा नयाँ होमस्टे संचालनमा आएका छन् । पर्यटन कार्यालय पोखरामा अघिल्लो आर्थिक वर्षमा २५ वटा होटल र १० वटा होमस्टे दर्ता भएको कार्यालयका प्रमुख ख्यामबहादुर थापाले जानकारी दिए । थापाका अनुसार २५ वटा होटलमा करिब १२ करोड लगानी रहेको छ । २५ मध्ये २३ वटा पोखरा र २ वटा मुस्ताङमा होटल संचालनमा आएका छन् । ति होटलहरुमा चार सय कोठा र ८ सय बेड क्षमता रहेको छ । पर्यटकीय होटलहरु पर्यटन कार्यालयमा दर्ता हुनु पर्ने भएपनि सबै होटल दर्ता हुन नआएको थापाले बताए । पोखरामा मात्रै पर्यटन क्षेत्रमा करिब ७५ अरब लगानी भएको पर्यटन व्यसायीहरुले बताएका छन् । उनीहरुका अनुसार करिब ३ अरब यस वर्षमात्रै थपिएको बताइन्छ ।

Post a Comment

 
Top