0
व्यवस्थापिका–संसद्को सोमबारको बैठकको विशेष समय नेपाल–भारत सम्बन्ध र राष्ट्रिय चासोका समसामयिक विषयमा केन्द्रित रह्यो । दलीय प्रतिनिधित्व गर्दैै सांसदहरूले स्थानीय तहमा सर्वसाधारणले झेल्नुपरेका समस्या समाधानमा पनि जोड दिए ।
भारतीय विदेशमन्त्रीको आइतबार सम्पन्न नेपालको औपचारिक भ्रमणले नेपाल(भारत सम्बन्धमा नयाँ आयाम थपेको र त्यसले दुवै देशमा सकारात्मक सन्देश गरेको बताउँदै उनीहरूले अतिराष्ट्रवादले कूटनीति सञ्चालन नहुने भएकाले भारतसँगको परम्परागत सांस्कृतिक एवम् आर्थिक सम्बन्धलाई बदलिदो समयअनुरुप नयाँ शिराबाट प्रारम्भ गर्नुपर्ने बताए । नेपालको हितमा विद्युत् व्यापार सम्झौता गर्नुपर्ने, विपन्नताबाट सम्पन्नतातर्फ उन्मुख हुने महत्वपूर्ण माध्यम जलविद्युत् विकास भएकाले अब विलम्ब गर्न नहुने भन्दै उनीहरूले दुवै देशका जनताको हितमा केन्द्रित रहेर पारस्परिक लाभ र समानतामा आधारित सन्धि–सम्झौता हुनुपर्ने आवश्यकता औंल्याए । छलफलमा भाग लिंदै नेपाली काँग्रेसका रामकृष्ण घिमिरेले हुलाकी राजमार्ग निर्माणमा भारत सरकारले सहायतामा निर्माण गरिने भएपनि निर्माणको स्पष्ट खाका तयार नभएकाले आगामी आइतबार हुने भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको भ्रमणका बेला उक्त मार्गबारे ठोसरुपमा छलफल हुनुपर्ने बताए ।
सत्र वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमणले मुलुकको आर्थिक–सामाजिक विकासका ढोका खोल्ने भएकाले नेपाल र नेपालीको सर्वोपरि हितमा केन्द्रित रहेर विकास–निर्माणका प्याकेज बनाउनुपर्ने र त्यस निम्ति भारतीय सहयोग जुटाउन विशेष प्रयास हुनुपर्ने विचार व्यक्त गरे । नेकपा (एमाले)का भरतमोहन अधिकारीले भारतका विदेश मन्त्रीको आइतबार सम्पन्न नेपाल भ्रमण र नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा भएका निर्णय सदनलाई जानकारी गराउनुपर्ने माग गर्दै विद्युत् खरिद सम्झौता (पिटिए) का सम्बन्धमा ऊर्जा मन्त्रालयले राजनीतिक सहमति नजुटाएकामा रोष प्रकट गरे । भारतले नेपाललाई भारतले उच्च प्राथमिकतामा राखेको बारम्बार भनिरहेको छ तर नेपाली पक्षले किन तदनुरुप कार्ययोजना तयार गर्न नसकेको भन्दै उहाँले नेपाल(भारतबीच विद्यमान समस्या र प्रस्तावित सम्झौतालाई निचोडमा पु¥याउन दलहरूबीच राष्टिूय सहमति कायम गर्नुपर्ने र त्यसको नेतृत्व प्रधानमन्त्री सुशील कोइरालाले गर्नुपर्ने बताए ।

Post a Comment

 
Top