0
पोखरा लेडी जेसीजकोे वर्ष २०१४ को जेसीज सप्ताहान्त (जेसीज विकइन्ड) कार्यक्रम भव्यताका साथ आइतबार पोखरामा सम्पन्न गरिएको छ । ‘‘परिवर्तनका संवाहक महिला’’ भन्ने मूल नाराका साथ भएको जेसीज सप्ताहान्त (जेसीज विकइन्ड) को आइतबार एक कार्यक्रमका बीच समापन गरिइएको हो । सप्ताहान्त (जेसीज विकइन्ड) को समापन कार्यक्रममा बोल्दै पोखरा लेडी जेसीज २००५ का अध्यक्ष तथा पर्यटन व्यवसायी र नेपाल जेसीजका संगीता पौडेलले जेसीजको ३ दिने कार्यक्रम अत्यन्त सफल रहेको बताइन । यस्ता कार्यक्रमहरु समुदायका अन्य ठाउँहरुमा पनि गुर्नपर्नेमा उनको जोड थियो । कार्यक्रममा बोल्दै कार्यक्रम मूल संयोजक जोर्जिना भट्टराईले जेसीज सप्ताहान्त (जेसीज विकइन्ड) कार्यक्रम अत्यन्तै सफल रहेको बताउँदै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सहयोगदाताहरुप्रति आभार प्रकट गरे । कार्यक्रममा टोल विकास संस्था वडा नं. ९ का अध्यक्ष उत्तम जोशी, जेसिजका पूर्व अध्यक्षहरु दीपा सिग्देल, सीता पौडेल, गीता सिग्देल लगायतले बोलेका थिए । सप्ताहान्तको अन्तिम दिन आइतबार वास्तुशास्त्र ज्ञान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको संयोजन  विनिता सापकोटा र रेनु थापाले गरेका थिए ।
पोखरा लेडी जेसीजका अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रमिला सुवेदीले गरेका थिए । यसअघि सप्ताहान्त अन्तर्गत शुक्रबार शकुन्तला कोइराला र जेसी कविता श्रेष्ठको संयोजनमा ‘‘लैङ्गिक हिंसाका कारण र न्यूनिकरण’’ विषयक अन्तक्र्रिया कार्यक्रम र शनिबार पार्वती पाण्डेको संयोजनमा सीपमूलक तालिमको आयोजना गरेको कार्यक्रम मूल संयोजक जोर्जिना भट्टराईले जानरकारी दिए ।

Post a Comment

 
Top