पोखरा–१३ स्थित युवा टोल विकास समिति कुँडहरको प्रथम साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाले सचिव सुरज भण्डारीले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष अर्जुनकुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारणसभाले सामाजिक क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिने निर्णय गरेको छ । साधारण सभाको उद्घाटन गर्दै समाजसेवी पुलेन्द्रमान श्रेष्ठले समाजका लागि केहि गर्नुपर्छ भनेर लागेका युवाहरुलाई सवैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बेसलाईन एकेडेमीका प्राचार्य षडानन्द गौतम, सल्लाहाकार रुद्रमान श्रेष्ठ, महिलाहरुको तर्फबाट पुर्णकला भुजेल र संस्थाका सल्लाहकार नविन सिग्देल लगायतले आ–आफ्नो भनाई राखेका थिए । युवा टोल विकास समिति कुँडहरका अध्यक्ष रामकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहाकार किरण घिमिरेले स्वागत र सचिव सुरज भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।
कुँडहर टोल संस्थाको साधारणसभा

Post a Comment