0

पोखरा २२ असार ।
एम्नेष्टी एन्टरनेशनल शिक्षक तथा सामाजिक कार्यकर्ता समूह–८२ पोखराले आफ्नो वार्षिक साधारणसभाको अवसर पारि संस्थाका संस्थापकहरुलाई सम्मान गरेको छ । शनिबार आयोजित कार्यक्रममा समूहका संस्थापक संयोजक हेरम्बर प्रसाद कोइराला, सचिव विश्वेश्वर प्रसाद पराजुली, कोषाध्यक्ष स्व.नारायण प्रसाद श्रेष्ठ र सदस्यहरु तोयनाथ पौडेल, जनकराज श्रेष्ठ, युवकराज पहारी, रामबहादुर थापा र स्व.दुर्गा कोइराका साथै संस्थापक सल्लाहकार नीलकण्ठ शर्मालाई सम्मानपत्र र खादाले सम्मान गरिएको थियो । एम्नेष्टी इन्टरनेशनल नेपाल राष्ट्रिय समिति सदस्य मञ्जु अर्यालले उनीहरुलाई सम्मानपत्र प्रदान गरेकी थिइन । त्यस अवसरमा बोल्दै उनले एम्नेष्टीले विश्वव्यापी रुपमा मानवअधिकारको सवाललाई गम्भीरतापूर्वक उठाइरहेको बताउँदै आप्रवासी कामदार र महिलासंग सम्बन्धित विभिन्न विषयमा एम्नेष्टीले चासो दिइरहेको स्पष्ट पारिन । कार्यक्रममा समूहका संस्थापक तथा सम्मानित व्यक्तित्वहरुमध्येबाट हेरम्ब प्रसाद कोइरालाले सीमित व्यक्तिहरु मिलेर पोखरामा संस्था स्थापना गर्दाको स्मरण गर्दै त्यसपछिका वर्षमा संस्थालाई विस्तार र सुदृढ गर्ने अभियानमा समूहका सदस्यहरु सक्रिय भएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका पश्चिमाञ्चल अध्यक्ष मुरारी शर्मा, युनियनका जिल्ला अध्यक्ष एवं एम्नेष्टी समूह ८२ का राजदूत कुलदेवी बराल, समूहका पूर्व संयोजक देवमणि भण्डारी लगायतले समूहका गतिविधका बारेमा चर्चा गरेका थिए । समूहका संयोजक मुक्ति प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न साधारणसभामा उपसंयोजक टंकराज बराल, बाराही नेटवर्कका संयोजक राजेश बुढामगर, समूहका सदस्यहरु शान्ता पोखरेल भुषाल, शक्तिवल्लभ सिग्देल, समूहका पूर्व सह–सचिव मुना बाँस्तोलाले समूहका सचिव हेमराज आचार्य प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष दीलिप पन्तले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनका बारेमा विभिन्न जिज्ञासा राखेका थिए । सचिव आचार्यले प्रस्तुत गरेको प्रतिवेदनमा एम्नेष्टीका मुख्य अभियानमा परेका आप्रवासी श्रमिकहरुको हकहित र अधिकार संरक्षण गर्न राज्यलाई दवाव दिने काम गर्नुका साथै दण्डहीनताको अन्त्य र मेरा शरीर मेरो अधिकार सम्बन्धि अभियानलाई निरन्तरता दिइएको उल्लेख छ । यस्तै कोषाध्यक्ष पन्तले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा वर्षभरि विभिध कार्यक्रम सम्पन्न गर्न करिब ६५ हजार रुपैयाँ खर्च भएको र त्यो रकम सदस्यहरुबाटै संकलन गरिएको उल्लेख छ । 

Post a Comment

 
Top