0

खेलकुमन्त्री पुरुषोत्तम पौडेल र राखेप सदस्य सचिव युवराज लामा बीच देखिएको विवादप्रति काँङग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघले आपत्ति जनाएकोे छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले मन्त्री पौडेल र सदस्य सचिव लामाको आपसी विवादले १७ आंै एशियाली खेलकुद प्रतियोगितामा नेपालको सहभागितालाई अन्यौल बनाएको भन्दै संघले आपत्ति जनाएको हो । सम्मेलनमा संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय खेलकुद परिषदको कार्यविधि २०७० अनुसार व्यवस्था रहेको र मन्त्रीस्तरीय निर्णय अनुसार बनाईएको प्रतियोगिता तयारी समिति नै प्रतियोगितामा नेपालको सहभागिताका लागि अन्यौलता उत्पन्न गराउने कारण भएको बताएका छन् । “तयारी समिति खेलकुद ऐन २०४८, नियमावली–२०४९, तथा निर्देशिका २०७० बमोजिम गठन भएको देखिएन ।”–विज्ञप्तिमा भनिएको छ । खेलकुद सम्बन्धी आवश्यक समिति र उप–समितिको गठन खेलकुद ऐन, नियम तथा निर्देशिका बमोजिम नै हुनुपर्नेमा संघका तर्फबाट माग समेत गरिएको छ । हालै देखिएको मन्त्री र सदस्य सचिव बीचको आपसी विवादले कुनैपनि खेलाडीलाई प्रतियोगितामा सहभागी हुन पाउने अधिकारबाट बञ्चित नगर्न चेतावनी दिंदै संघले कसैको व्यक्तिगत मनोकाँङ्क्षाका कारण १७औं एशियाली खेलकुदमा सहभागिता हुन नदिनुलाई खेलाडीमाथिको अपराध ठहर गरेको छ । प्रतियोगिता सुरु हुन जम्मा ४५ दिनमात्रै बाँकी रहेको अवस्थामा खेलाडीहरुलाई अविलम्ब बन्द प्रशिक्षणमा राख्न माग गर्दै लोकतान्त्रिक खेलकुद संघले खेलाडीलाई आवश्यक खेल सामाग्री तथा सुविधा प्रदान गर्र्नुपर्ने बताएको छ ।

Post a Comment

 
Top