0
अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस कमिटीले मंगलबार क्याम्पस प्रशासनमा अराजक समूहबाट भएको टोडफोडको विज्ञप्ति प्रकाशित गरी विरोध जनाएको छ । अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष संगम बराल र सचिव दिपिन ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा क्याम्पस प्रशासनले विना शुल्क प्रवेश पत्र प्रदान नगरेको वाहनामा कलेज प्रशासन फुटाउनु अराजक मानसिकता भएको बताएको छ । क्याम्पस प्रशासनसँग आ–आफ्ना माग हुनु स्वभाविक हो तर माग पुरा गराउने नाममा क्याम्पस प्रशासन फोर्नु अराजक भएको अनेरास्ववियु जिल्ला कोषाध्यक्ष  तथा जनप्रियमा एविएस् अध्ययनरत विद्यार्थी सुजन लामिछानेले बताए । अझ यस घटनामा नेकपा माओवादी निकट अखिल क्रान्तिकारी समर्थित विद्यार्थीहरुको संगलता रहनुले विद्यार्थी आन्दोलन अराजककता तर्फ गएको पुष्टि हुने भन्दै यस्ता क्रियाकलापलाई बन्द गर्नु पर्ने अनेरास्ववियुले माग पनि गरेको अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष संगम बरालले बताए ।
(निरोज बजगाई÷विद्यार्थी पत्रकार)

Post a Comment

 
Top