लेखनाथ नगरपालिका १२ खुदीमा अवस्थित पोखरा विश्वविद्यालयमा कुर्सीमा आगजनी गर्नुका साथै तालाबन्दी गरेकोे छ । एकीकृत नेकपा माओवादी समर्थित विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विभिन्न ४१ वुँदे माग राखी उपकुलपति, रजिष्ट्रार र योजना प्रमुखको कुर्सीमा आगजनी गरी तालाबन्दी गरेका छन् । शनिवार कार्यकारिणीको वैठक बस्ने भन्दै उनीहरुले एक्कासी आएर कुर्सी जलाएका स्थानीयले बताए । विभिन्न एफिलेसन र शैक्षिक मागका विषयमा वास्ता नगरी एकलौटी रुपमा काम गरेकोले आफूहरु तालाबन्दी गर्न वाध्य भएको अखिल क्रान्तिकारी पोविवि जिल्ला अध्यक्ष रविन्द्र रोक्काले जानकारी दिए । संगठनले अहिलेका माग र पुराना सम्झौता पुरा नभए सम्म आन्दोलन जारी रहने विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
त्यस्तै गरी पोविविमा भएको तालावन्दीको विरोध गर्दै नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय संयोजक सन्दिप पौडेलले विज्ञप्ति जारी गरी तालावन्दी र आगजनीको माध्यमवाट नभई वार्ता मार्फत समाधान खोज्न अनुरोध गरेका छन् । संघका संयोजक पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा आगजनी मात्र समाधान नभएकोले विश्वविद्यालय पदाधिकारी र सम्बन्धित निकायलाई सचेत हुनु पर्नेमा जोड दिए ।
Post a Comment