0
पोखरा १० बुद्धचोक स्थित प्रधान कार्यालय रहेको पोखरा रोयल सहकारी संस्था लिमिटेडको आ.व. ०७०÷०७१ मा १० करोड ६ लाख ३३ हजार आम्दानी गरि ८ करोड ३ लाख ५० हजार खर्च भई रु २ करोड २ लाख ८३ नाफा (बचत) गर्न सफल भएको छ । यस आ.व. को अन्त्य सम्म आई पुग्दा चुक्ता पुँजी ७ करोड २४ लाख, २१ हजार, जगेडा कोष १ करोड ९४ लाख ४० हजार अन्य कोषहरु ६७ लाख २१ हजार, स्थिर सम्पत्ती २ करोड ७८ लाख ९० हजार, बैंक तथा नगद मौज्दात १४ करोड ८१ लख २ हजार, कर्जा लगानी ६५ करोड २५ लाख ६३ हजार, निक्षेप ६६ करोड २८ लाख ६० हजार छ भने कुल कारोवार ८३ करोड १० लाख ३१ हजार गर्न सफल भएको छ । यस आर्थिक वर्षमा ४७ लाख आयकर सहित ८८ लाख राजश्व दाखिला गरि सकेको छ ।
    २०५५ चैत्र १८ गते रोयल को अपरेटिभ लिमिटेडको क्षेत्रीय कार्यालयको रुपमा सञ्चालित संस्था मिति २०५९ जेष्ठ ८ गते पोखरा रोयल सहकारी संस्था लिमिटेडको नाउँमा विधिवत स्वायत्त संस्थाको रुपमा स्थापना भएको हो । स्थापनाको समयमा २८ जना शेयर सदस्यबाट शुरु भएको संस्थामा हाल १५८३ महिला र १४६४ पुरुष गरि ३०४७ जना शेयर सदस्य पुगेको छन् । हाल संस्थाको कास्की, स्याङ्गजा, तनहुँ र लम्जुङ्ग गरि ४ जिल्ला कार्यक्षेत्र रहेको छ । हाल संस्थाको प्रधान कार्यालय बुद्धचोक पोखरा, सदस्य सेवा केन्द्र महेन्द्रपुल र लेखनाथ भण्डारढिक रहेको । हाल संस्थाले आफ्नै भवनबाट अत्याधुनिक सेवा प्रदान गर्न गई रहेको छ । संस्थाले वचत तथा ऋणको कारोवार सहित सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आई रहेको छ ४०० भन्दा बढी निरक्षर महिलालाई प्रौढ शिक्षा सञ्चालन गरि साक्षर बनाई सकेकोे छ । निकट भविश्यमा कृषी पर्यटन मार्फत सहकारी अगाडी बढाउने योजना रहेको छ । यस संस्था पश्चिमाञ्चाको अग्रणी संस्था को रुपमा परिचित छ । संस्थाले ३० जना कर्मचारीलाई प्रत्यक्ष रोजगार दिएको छ । आगामी वर्ष २ करोड ५० लाख नाफा गर्ने लक्ष्य समेत लिएको संस्थाले १ महिना भित्र नै १३औ साधारण सभा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

Post a Comment

 
Top