0
सुरक्षाकर्मीमा आत्मअनुशासन, सकारात्मक सोच र मनोबल बढाउने उद्येश्यले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, पार्दी शाखा र पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण, पोखराद्धारा आयोजित एक दिवसीय तनाव व्यवस्थापन एवं सकारात्मक सोचको कला विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । गणको प्रांगणमा आयोजित सो कार्यक्रममा प्रहरी जीवनमा सकरात्मक सोचको महत्व, तनाव व्यवस्थापनको विधि, सात्विक आहार एवं आत्मअनुशासनको प्रयोग, ध्यानको अभ्यास लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । सो कार्यक्रममा राजयोगिनी ब्रह्माकुमारी अप्सरा दिदी र ब्रह्माकुमार शिशिर रेग्मीले प्रशिक्षण दिनुभएको थियो । सो प्रशिक्षण कार्यक्रममा एउटा सुरक्षाकर्मीले आफ्नो व्यक्तिगत, पारिवारिक एवं पेशागत क्षेत्रमा प्राप्त भूमिकालाई सभ्य, शिष्ट र अनुशासित ढंगबाट निर्वाह गर्नको लागि चाहिने आवश्यक टिप्सहरु प्रदान गरिएको थियो । सो कार्यक्रममा गणका सहायक गणपति प्र. ना. उ. तीर्थ सिग्देल, प्र. नि. मदन कुँवर, प्र. ना. नि. धनबहादुर थापा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सो प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाहरुका १ सया ५२ जना सुरक्षाकर्मीहरुको सहभागिता थियो ।

Post a Comment

 
Top