मुलुकको प्रमुख मध्येको एक कम्युनिष्ट पार्टी नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन विवाद, झडप र तोडफोडका बीच काठमाडौंमा शुरु भएको छ । बिहीबारदेखि शुरु महाधिवशेनको उद्घाटन कार्यक्रममा भित्र प्रवेश गर्न नदिपछि कार्यकताले तोडफोड र नाराबाजी गरेका हुन्् । महाधिवेशनको उद्घाटन कार्यक्रम भइरहेको बेला कार्यक्रममा प्रवेश गर्न नपाएर आक्रोशित बनेका एमाले कार्यकर्ता र प्रहरीवीच झडप हुँदा दर्जनौं कार्यकर्ता घाइते बनेका छन् । महाधिवेशन हलमा भाषण गर्नेक्रममा शीर्ष नेताहरुले पार्टी एकता र सहमतिको नारा घन्काए पनि बाहिरको दृश्य भने यद्ध मैदानमा जस्तै बन्नेको सफल न्यूजले जनाएको छ ।
उद्घाटन कार्यक्रम सुरु भए लगत्तै कार्यकताले नाराजुलुस शुरु गरेका थिए । आफ्नो मागलाई नेताहरुले बेवास्था गरेपछि थप आक्रोशित बन्दै स्वागतका लागि निर्माण गरिएका आठ वटा स्वागतद्वार तोडफोड गर्दै झण्डा र ब्यानरमा आगो समेत लगाएका थिए । उनीहरुले हल बाहिर सुन्न सजिलो होस भनेर राखिएका माइक समेत फुटालिदिएका थिए ।
कार्यक्रममा सहभागी हुन आएका कांग्रेस उपसभापति रामचन्द्र पौडेलको गाडिमा समेत मुक्का प्रहार गरे भने एमाले संसदीय दलका नेता केपी ओलीलाई घेराउ गदै सम्मेलन स्थल जान अवरोध गरेपछि प्रहरीले सुरक्षा प्रदान गर्दै उनीहरुलाई कार्यक्रम स्थल पु¥याएका थिए ।
विगतमा महाधिवशेनको उद्घाटनमा निर्वाधरुपमा सहभागी हुन पाएको सम्झँदै एमाले कार्यकर्ताहरु विभिन्न ठाउँबाट गाडी चढेर महाधिवशेनस्थलमा आएका थिए । तर, महाधिवेशनको खुल्लासत्रमा समेत छानिएका पत्रकार र महाधिवशेन प्रतिनिधिलाई मात्रै प्रवेश दिइएपछि आक्रोशित कार्यकर्ताले स्वागत गेट, झण्डा र ब्यानर च्यातचुत पारेर आगजनी गरेका थिए । प्रहरी र एमाले कार्यकर्ताबीच ढंगा हानाहान भयो । भीडलाई तितरवितर पार्न प्रहरीले निर्मम लाठीचार्ज गरेको थियो । प्रहरीले उनीहरुलाई प्रदर्शनीमार्ग देखि शंकरदेव क्याम्पस र पुरानो बसपार्कसम्म धपाउने प्रयास गरेको थियो । आयोजकहरुले भृकुटी मण्डपमा नअटेका सहभागीलाई राष्ट्रिय सभासगृहमा प्रजेक्टर मार्फत् महाधिवशेनको लाइभ प्रसारण गर्ने प्रचार गरेका कारण केही सर्वसाधारणहरु सभागृहमा पसेका थिए । तर त्यहाँ प्रसारणको अत्तोपत्तो नभएपछि उनीहरुमा आक्रोश थपिएको थियो । आक्रोशित एमाले कार्यकर्ताले भारतीय जनता पार्टीका नेता विजय जोलीमाथि समेत पानीको बोतलले आक्रमण गर्न भ्याए । यसवापत एमालेले खेद व्यक्तगर्दै दोषीलाई कारवाही गरिने बताएको छ ।
यो घटनामा संलग्नहरुलाई कडा कारवाही गरिने ओली पक्षका नेताहरुले जनाएका छन् । माधव नेपाल पषमा नेताले भने घाइते कार्यकर्ताको उपचार हुनुपर्ने माग गरेको छ । महाधिवेशनमा हार्ने भएपछि नेपाल समुहका कार्यकता तोडफोडमा उत्रिएको आरोप ओलीपक्षले लगाएको छ । महाधिवेशन हलभित्र जान नपाएको भन्दै अरुलाई उचालेर तोडफोडमा माधव नेपाल समूहका कार्यकता सहभागी भएको आरोप लगाइएको छ । भने नेपाल समूहले ओली समूहले गरेको आरोप लगाएको छ । उनीहरुले गुुट गर्ने नेताका विरुद्ध पनि नाराबाजी गरेका थिए ।
भाषणमा आन्तरिक एकता
उद्घाटन सत्रमा बोल्ने पार्टीका शीर्ष नेताहरूले पार्टीको आन्तरिक एकतालाई बलियो बनाउँदै जनताको हित हुने गरी अािर्थक सामाजिक रुपान्तरणमा पार्टीलाई राष्ट्रिय राजनीतिको मूलधार बनाउने उद्घोष गरेका छन् ।
उनीहरूले अब उत्पादन, निर्माण र रुपान्तरणको पार्टी बन्नुपर्ने तथा जनताको बहुदलीय जनवादलाई दक्षिण एसिया हुँदै विश्वमा फैलाउने काम एमालेले गर्नुपर्ने समान मत पनि व्यक्त गरे । नेताहरूबीच समूहगत चुनावी प्रतिस्पर्धा र प्रचार देखिएका बेला उद्घाटनका सत्रमा उहाँहरूले पार्टी एकताबद्ध र सुदृढ हुने जनाएर प्रतिनिधिलाई पनि त्यही भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।
अध्यक्ष झलनाथ खनालले एकताबद्ध राजीतिक दस्तावेज प्रस्तुत हुने महाधिवेशन ऐतिहासिक हुने जनाउँदै पार्टीलाई वैचारिक र राजनीतिक रुपमा एकढिक्का गराउने उद्घोष गरे । कम्युनिष्ट आन्दोलनको इतिहासमा एमाले निरन्तर लोकतन्त्र र परिवर्तनका निम्ति लडिरहने पार्टीका रुपमा स्थापित भएकाले अब यसको प्रतिस्पर्धामा कुनै पार्टी आउन नसक्ने ठोकुवा गरे । लोकतन्त्रलाई सामाजिक न्यायसहित सबै शोषण, दमन, अन्याय, अत्याचार र विभेद अन्त्य गरेर एमालेले मुलुकको अगुवाइ गर्ने बताए । खनालले भन्नुभयो, “जनताको जीविका, समाजवाद र अधिकार तथा दिगो शान्ति स्थापना गर्ने पार्टी एमाले नै हो जसले राणातन्त्र र राजतन्त्रका विरुद्धमा लडेर आएको छ ।”
एमाओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन एमालेले चुनौती मोलेर विभिन्न प्रयास गरेको उल्लेख गर्दै उनले लोकतान्त्रिक समाजवाद स्थापनाको बाटामा अब हामी शान्तिपूर्णरुपमा अघि बढ्ने चरित्रलाई कायम राखी निरन्तर आफ्नो भूमिका निर्वाह गरिने बताए । खनालले पार्टी एक ढिक्का भएन भने क्रान्तिका उपलब्धिलाई जोगाएर लान नसक्ने जनाउँदै भने, “महाधिवेशनले यस कार्यधारलाई बुझेर जबजको मार्गदिर्शेमा समाजवादको भविष्यतर्फ दृढ भएर अघि बढ्नका लागि पार्टीमा एकताको विकल्प छैन ।” उनले नेतृत्व निर्माणका सवालमा एकता, अग्रगति र प्रगतिको महाधिवेशन बनाएर देशको रुपान्तरणका लागि एमालेले अगुवाइ गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै वरिष्ठ नेता माधवकुमार नेपाल नेपालमा समाजवाद र कम्युनिस्ट आन्दोलनको भविष्यलाई पाँचौँ महाधिवेशनले नयाँ उचाइ दिएको उल्लेख गर्दै पुँजीवादी क्रान्ति र पार्टीको नवनिर्माणका लागि नवौंँ महाधिवेशन ऐतिहासिक हुने बताए । नेपाली समाज पुँजीवादमा गएको भन्ने विचारमा एमालेले अरु कम्युनिस्ट दललाई पनि ल्याउन सक्नुपर्ने जनाउँदै यस विचारमा सहमत भए कम्युनिस्ट पार्टीबीच एकता हुन सक्ने बताए ।
एमाले पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीले देखाएको बाटामा निरन्तर अघि बढ्नुपर्ने बताउँदै जनताका पीडालाई ध्यानमा राखेर जनताको अधिकारका पक्षमा दृढतापूर्वक क्रियाशील हुन सबैलाई आह्वान गरे । उजले भने, “जनता र कार्यकर्ता एकाकार हुन सकेमा मात्रै एमाले सक्षम पार्टी हुनेछ ।”
यस्तै संसदीय दलका नेता केपी शर्मा ओलीले नवाँैं महाधिवेशन भव्यताका साथ अनुकूल निर्णयका साथ औचित्यपूर्ण र न्यायपूर्ण एकताका आधारमा अघि बढ्ने बताए । उनले एमालेले राष्ट्रिय हित र सार्वभौमसत्तालाई ध्यानमा राखेर विश्वका शक्तिसँग पारस्परिक हात फैलाउने जनाए । मुलुक राजनीतिक आर्थिक सङ्क्रमणको अवस्थामा रहेको अवस्थामा जबजको मान्यताका आधारमा मुलुकको शान्तिपूर्ण रुपान्तरणमा एमालेको अगुवाइ आवश्यकता रहेको बताए ।
नले भने, ‘पहिलो संविधानसभा असफल हुनाको कारण खोजेर उग्रपन्थी, दक्षिणपन्थी र यथास्थितिवादीका स्वार्थलाई पूरा हुन नदिई मौलिक र राष्ट्रिय दृष्टिकोण बोकेको एमालेको भूमिकाले मात्रै मुलुक सुहाउँदो संविधान दिएर परिवर्तनलाई संस्थागत गर्न सक्छ ।’
उपाध्यक्ष वामदेव गौतमले अन्तरपार्टी जनवादका नाममा अराजकता गर्न नहुने बताउँदै दुनियाँका अगाडि आफ्ना विचार र योजनाबारे छलफल गरेर त्यसको कार्यान्वयनका लागि सही र सुदृढ नेतृत्व चयन महाधिवेशनबाट आउनुपर्नेमा जोड दिए । उनले नेतृत्व चयनमा विवाद नहुने जनाउँदै भने–“हामी कार्यकर्ताको भावनामा चोट पुग्ने गरी कुनै काम गर्ने छैनौँ, एकता गरेर देखाइदिनेछौँ ।” तीन वर्ष पहिले पार्टीको सुदृढीकरण गर्ने बाह्रबुँदे प्रस्तावका आधारमा पार्टी दोस्रो शक्ति भएको स्मरण गराउँदै उनले महाधिवेशनले नयाँ एकताको सन्देश दिएमा मुलुकलाई अगुवाइ गर्ने पार्टीका रुपमा स्थापित गर्ने बताए । नेता गौतमले राजतन्त्र ढलेर गणतन्त्र आउनु युगान्तकारी परिवर्तन भएकाले नेपाली समाजलाई समृद्धि दिलाउने अबको दायित्व रहेको बताए । उपाध्यक्ष विद्यादेवी भण्डारीले जबजको मार्गदर्शनमा त्यसको सही कार्यान्वयनकर्ता पार्टीका रुपमा एमालेलाई रुपान्तरण गर्न महाधिवेशन महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन ।
जोलीमाथि आक्रमणको निन्दा
महाधिवेशनको उद्घाटनमा शुभकामना दिएर बाहिरिने क्रममा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीलाई भृकुटीमण्डपको मूल प्रवेशद्वारमा केही व्यक्तिले अभद्र व्यवहार गरेका छन् । उद्घाटनसत्रमा भित्र प्रवेश नपाएका एमालेका केही कार्यकर्ताको आक्रोशका क्रममा भएको सो घटनानिन्दनीय भएको बताउँदै एमालेका महासचिव ईश्वर पोखरेलले उद्घाटन सत्रमा खेद व्यक्त गरे । उनले दोषीमाथि कारबाहीको माग गरे ।
मनोनितबिना नै उद्घाटन
महाधिवेशनमा मनोनयन हुने एक सय ११ प्रतिनिधिबिना नै उद्घाटन सत्र सम्पन्न भएको छ । बिहान बसेको स्थायी कमिटीको बैठकमा सहमति जुट्न नसकेपछि आज राति र शुक्रबार सम्ममा निर्णय गरेर मात्रै बन्दसत्र सुरु हुनेछ । मनोनयन र प्रतिनिधि व्यवस्थापन का अन्य कार्य पूरा गरी शुक्रबार अपराह्न १ बजेमात्रै बन्दसत्र प्रारम्भ हुनेछ । बन्दसत्र भृकुटीमण्डपमै बताइएको छ ।
Post a Comment