कास्कीको कालिका गाविसलाई मदिरामुक्त गाविस घोषणा गर्ने तयारी भएको छ । मदिरामुक्त गाविस घोषणाका लागि सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र कालिकाले छलफल र अन्तक्र्रिया कार्यक्रमलाई अघि बढाएको छ । जस अन्तर्गत शनिबार कालिकाको वडा नं. ४ मा एक अन्तक्र्रिया एवं जनचेतना कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा स्थानीय व्यवसायी, संघसंस्थाका प्रतिनिधि, स्थानीय वासी, राजनीतिक तलका नेता तथा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले गाविसलाई मदिरा मुक्त गर्न सबैले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । सामुदायिक सेवा केन्द्र कालिकाका अध्यक्ष राजेश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गाविस सचिव शोभाकर ढकाल रहेका थिए । त्यस अवसरमा बोल्दै उनले मदिराका कारण पारिवारिक एवं सामाजिक विचलन आइरहेको सन्दर्भमा मदिरामुक्त गरिनु अति सान्दर्भिक हुने बताए । कार्यक्रममा नेपाली कांग्रेसका गाउँ इकाइ सभापति राजेन्द्र त्रिपाठी, एमालेका अध्यक्ष निर्मल दियाली सुनार, एमाओवादीका प्रतिनिधि भीमनाथ कुइँकेल लगायतले गाविसलाई मदिरामुक्त घोषणा गर्नु अत्यन्तै स्वागत योग्य कदम हुने बताएका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र कालिकामा उपाध्यक्ष डाल्डादेवी भुजेल, सदस्य विष्णुमाया पौडेल एवं सचिव दिनेश अधिकारीका साथै प्रहरी हवलदार पदम श्रेष्ठ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
»
स्वास्थ्य-जीवनशैली
» कास्कीको कालिका गाविसलाई मदिरामुक्त गाविस घोषणा गर्ने तयारी
Subscribe to:
Post Comments (Atom)
Post a Comment