0
साहित्यकार ठाकुरप्रसाद त्रिपाठीले एकल कविता वाचन गर्नंे भएका छन् । सम्पदा कला मन्दिर नेपालले बुधबार पत्रकार सम्मेलन गरेर त्रिपाठीले साउन २३ गते पोखरामा छन्दात्मक कविता बाचन गर्ने जनाएको छ । शिक्षण पेशामा संलग्न त्रिपाठीले छन्दात्मक कविता वाचन गर्ने बताइएको छ । सोही अवसरमा त्रिपाठीद्वारा लिखित खण्डकाब्य अन्र्तनाद पुस्तकको विमोचन गरिने गौरव त्रिपाठीले जानकारी दिए । करिव दुई घण्टाको समयमा त्रिपाठीले आफ्ना दुईदर्जन भन्दा धेरै कविता वाचन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिए ।  एकल कविता बाचन कार्यक्रमबाट बचत रकम अनाथ तथा बालबालिकाको शिक्षामा खर्चिने मन्दिरका अध्यक्ष देशभक्त सिंह कँुवरले जानकारी दिए । कार्यक्रममा साहित्यकार मोदनाथ प्रक्षित, सरुभक्त श्रेष्ठ र तीर्थ श्रेष्ठ लगायतको सहभागिता रहने बताइएको छ ।

Post a Comment

 
Top