साउन महिनाका हरेक सोमबार बोलबम कार्यक्रम गर्दै आएको केदारेश्वर महादेवमणि मन्दिर व्यवस्थापन समिति बैदाम, पोखराले यस वर्ष पनि बोलबम कार्यक्रमको तयारी गरेको छ । पछिल्लो समय बोलबमधामको रुपमा परिचित केदारेश्वर मन्दिरले आयोजना गर्ने बोलबम कार्यक्रमले साउन महिनामा पोखरा र यस क्षेत्रको वातावरण बोलबम ध्वनी, भजनकीर्तन र गेरु बस्त्रले गुलजार हुने गरेको छ । भगवान शिवको महिना साउनमा भक्तजनले शिवको आराधना गर्नुका साथै सोमबार गाईघाटस्थित सेतीकिनारबाट जल लिएर ठ्याक्कै आठ किलोमिटरको पैदलयात्रा गरी केदारेश्वर मन्दिरको शिवलिङ्गमा चढाउने गर्दछन् । कार्यक्रमलाई व्यवस्थित पार्न पुनःशंकर खरालको मूल संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । समितिका अध्यक्ष पीठाधीश डा.लेखनाथ आचार्यको अध्यक्षतामा शनिबार मन्दिर परिसरमा सम्पन्न बैठकले यस वर्ष पनि सम्पूर्ण भक्तजनलाई सहभागिता जनाइ बोलबम कार्यक्रम भव्य बनाउन आग्रहसमेत गरेको छ । बैठकले साँस्कृतिक संयोजकमा लोकदोहोरी गायक प्रजापति पराजुली, प्रचार संयोजकमा पत्रकार विजय नेपाल, महिला परिचालन संयोजकमा सुशीला अधिकारी, प्रसाद वितरणमा विभिन्न आमा समूह, पूजा व्यवस्थापन समितिमा अध्यक्ष डा. लेखनाथ आचार्य, सरसफाइमा खिमबहादुर पहारी, झाँकी तथा प्रसाद वितरणमा रामजी बनियाँ, आर्थिकमा रामप्रसाद बस्ताकोटी, स्वास्थ्य स्वयंसेवकमा नवराज त्रिपाठी र भीमा पौडेललाई संयोजक तोकेको छ । यसैगरी, बोलबम यात्राको प्रचारका लागि असार ३० गते पोखरामा सोमबार मोटरसाइकल ¥याली आयोजना गरिने निर्णय गरिएको समितिका सचिव खिमबहादुर पहारीले जानकारी दिए । बैठकमा बोलबम संयोजक शंकर खराल, लोकदोहोरी गायक प्रजापति पराजुली, समितिका उपाध्यक्ष दयानन्द पोखरेल, सदस्य मात्रिकाराज घिमिरे, सहसचिव ओमनाथ अधिकारी, सल्लाहकार हुतराज श्रेष्ठ, लक्ष्मण गौतम, सहकोषाध्यक्ष तुमला श्रेष्ठ, सदस्य सुशीला अधिकारीलगायतले विशुद्ध धार्मिक कार्यक्रम भएको हुँदा मन, वचन र कर्मले सहयोग गर्नुपर्नेमा जोड दिए । साउन महिनामा भगवान शिवको आराधना गर्र्दै ज्योर्तिलिङ्गमा गंगाजल र बेलपत्रजस्ता सामग्रीले पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । यस वर्ष साउनको ५, १२, १९ र २६ गते सोमबार परेको छ ।
Home
»
कला-साहित्य
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» केदारेश्वर महादेवमणि मन्दिरमा बोलबमको तयारी
Subscribe to:
Post Comments (Atom)
Post a Comment