पोखरा, १९ असार। कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा आगामी भदौ ५ देखि ७ गतेसम्म पोखरामा खुल्ला बिच भलिबल प्रतियोगिता हुने भएको छ।सङ्घका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा शनिबार बसेको नियमित बैठकले सो निर्णय गरेको हो। बैठकले बैदाम बाराहीघाटस्थित नेपाल आर्मी खेलमैदानमा सञ्चालन हुने सो प्रतियोगिताको संयोजकमा सङ्घका कोषाध्यक्ष सुनिता गुरुङलाई तोकेको छ।प्रतियोगिता खुल्ला, सङ्घसंस्था र पर्यटक तथा पत्रकार गरी तीन क्याटेगोरीमा खेलाइनेछ। जसअनुसार खुल्लातर्फको विजेतालाई नगद २५ हजार, उपविजेतालाई नगद १५ हजार तथा उत्कृष्ट खेलाडीलाई कप मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। सङ्घसंस्थातर्फ विजेतालाई नगद १० हजार र खसी, उपविजेतालाई नगद पाँच हजार र बोका तथा उत्कृष्ट खेलाडीलाई लोक कुखुराको भाले पुरस्कार प्रदान गरिनेछ। पर्यटक तथा पत्रकारतर्फ विजेतालाई मेडल, प्रमाणपत्र पत्र र कक्टेल डिनर प्रदान गरिने सङ्घका अध्यक्ष भीम पराजुलीले जानकारी दिएप्रतियोगिता सञ्चालन गर्नको लागि सङ्घका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा सिनिता गुरुङ संयोजक रहेको प्रतियोगिता मूलआयोजक समिति गठन गरिएको छ भने १३ वटा उपसमिति पनि निर्माण गरिएको छ।
जसअनुसार अतिथि सत्कार उपसमितिको संयोजकमा खगेन्द्र गौचन र बाबुराम केसी, प्रचार–प्रसार उपसमितिको संयोजक कुमार गुरुङ, अर्थ सड्ढलन संयोजकमा गोविन्दबहादुर शाही, पुरस्कार तथा प्रमाणपत्र व्यवस्थापन संयोजकमा शेषकान्त शर्मा, शान्तिसुरक्षा व्यवस्थापन संयोजकमा भीम पराजुली, टीम समन्वय उपसमिति संयोजकमा टंकराज पौडेल, मञ्च व्यवस्थापन संयोजकमा मोहनलाल सुनारीमगर, खेलमैदान व्यवस्थापन संयोजकमा पूर्ण गुरुङ (साहिंला), खानेपानी व्यवस्थापन संयोजकमा दीपेन्द्र पहारी, मेडिकल व्यवस्थापन संयोजकमा यज्ञ गौचन, स्वयंसेवक परिचालन संयोजकमा नुना गुरुङ, ब्यानर व्यवस्थापन संयोजकमा मनशान्त घिमिरे तथा खाजा व्यवस्थापन उपसमितिको संयोजकमा खगेन्द्र गौचन रहेका छन्।
Post a Comment