0

राष्ट्रिय रक्तदान दिवसको अवसरमा कास्कीमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले ४८ औं दिवसको अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटी उपशाखा–६ वैदाम उपशाखाले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । उपशाखाका सभापति मंगल नेपालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा, उपशाखाका निर्वतमान उप–सभापति बाशु त्रिपाठी, उपसभापति पुष्प पहारी लगायतले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए र दिवसकै अवसरमा शानिवार र आइतवार रक्तदान सम्बन्धी परिसम्बाद र सोमवार पत्रपत्रिकामा लेख रचना प्रकाशन गरिएको हो । कास्की शाखाले आइतवार जुनियर सर्कलहरुका बीच निबन्ध लेखन प्रतियोगिता आयोजना गरेका थियो । वि.स. २०३५ शालमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको पहलमा स्थापना भएको क्षेत्रीय रक्तसञ्चार सेवा पोखराको क्षमता करिव १ हजार २ सय युनिट छ र कास्कीमा वार्षिकरुपमा झण्डै १३ हजार युनिट रगत संकलन हुने गरेको छ । यस क्षेत्रमा पुरुष रक्तदाता करिव ८७ प्रतिशत छन भने महिला रक्तदाता १३ प्रतिशत मात्रै छन् र पोखरामा वि.स.२०३५ सालमा विकल शेरचन लगायत ८ जनाले पहिलोपटक रक्तदान गरेका थिए । यस क्षेत्रमा संकलन गरिएको रगत काठमाडौ, चितवन, बुटवल लगायतका क्षेत्रमा पनि पठाइने गरिएको रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति बामदेव ढुङ्गानाले जानकारी दिए ।
(निरोज बजगाई÷विद्यार्थी पत्रकार)

Post a Comment

 
Top