ड्याम साइड क्लबको आयोजनामा पोखरा उपमहानगरपालिका वडा नं. १७ को ड्याम साइडमा रहेको ड्यामसाइड पार्कको पुनःनिमार्ण कार्य भइरहेको जनाएको छ । करिब ४ लाख खर्च अनुमान गरिएको सो पार्क पुनःनिर्माणको काम असार २० गतेसम्म पुरा हुने छ । करिब २ रोपनी क्षेत्रफल भएको सो पार्कलाई तार जाली र पर्खालले कम्पाउण्ड गरिनेछ । फेवाताल तिरको भागमा ढलान गरिने छ। साथै पार्कलाई व्यवस्थित गर्नको लागि थप विभिन्न जातका फुलका वेर्नाहरु रोपिएको छ भने पार्कलाई सुन्दर पार्न रंगरोगन गर्ने क्लबका सचिव रमेशप्रसाद बरालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । तालको संरक्षण तथा तालमा हुने गरेको प्रदुषण न्युन पार्न पार्कलाई व्यवस्थित गर्नुपर्ने भएकोले क्लबले नगरपालिका, डेमसाइड पर्यटन प्रवर्धन समिति, ड्याम साइड टोल विकास संस्था, ड्याम साइड क्षेत्र सुधार समिति, वडा प्रहरी कार्यालय वैदाम, क्लबका पदाधिकारहिरु लगायत स्थानिय व्यक्ति संघसंस्थाको आर्थिक एवं नैतिक सहयोगमा जिर्ण अवस्थाको पार्क पुनःनिर्माण थालेको क्लबका अध्यक्ष पदमबहादुर ढकाले जानकारी दिए । उनले सो क्षेत्रमा अत्याधिक रुपमा कपडा धुने, नुहाउने र माछा मार्ने गरिंदै आएकोमा पार्कको पुनःनिर्माण पछि उक्त कार्य गर्न निषेध गरिने बताए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment