सिद्धार्थ क्लवको अध्यक्षमा पुनः मस सिद्धार्थ क्लब पोखराको अध्यक्षमा पुनः दीपेन्द्र मर्सानी निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न क्लबको २९औं साधारणसभा बाट उनी सर्वसम्मतिले अध्यक्षमा निर्वाचित भएका हुन् । २०५२ सालदेखि सिद्धार्थ क्लवमा आवद्ध भएका मर्सानीले यसअघि दुई कार्यकाल कार्यसमिति सदस्य, सह–सचिव, सचिव, द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका थिए भने गत कार्यकाल अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए । सिद्धार्थ क्लवको अध्यक्ष पदमा पुनः निर्वाचित मर्सानीले सामाजिक क्षेत्रमा आफ्नो दायित्व र जिम्मेवारी बढ्दै गएको बताएका छन् । सबैको सहयोग र मायाले गर्दा सिद्धार्थ क्लव पोखराकै उत्कृष्ट सामाजिक संस्था भएको बताए । गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै उनले समाज परिवर्तन र रुपान्तरणमा विशेष भूमिका निर्वाह गर्ने बताए । क्लवद्वारा संचालित सिद्धार्थ क्लब पोली क्लिनिक, एम्वुलेन्स, शवबाहनलाई सुविधा सम्पन्न र व्यवस्थित बनाई अन्य संघ–संस्थालाई पनि यस्ता कार्यमा प्रेरित गर्ने प्रतिवद्धता जनाए । साधारण् ासभाले निर्देशकमा श्यामलाल श्रेष्ठ, प्रथम उपाध्यक्षमा अनिल श्रेष्ठ, सचिवमा पार्वती माकाजु, कोषाध्यक्षमा ओमनाथ अधिकारी, सह–सचिवमा तीर्थ श्रेष्ठ, कार्यकारी सदस्यहरुमा विजया श्रेष्ठ र प्रमोद नारायण श्रेष्ठलाई साधारणले सर्वसम्मतिबाट चयन गरेको छ । कार्य समितिले आगामी साउन ६ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने छ । साधारणसभामा क्लबको वार्षिक गतिविधि तथा प्रगती प्रतिवदन सर बार्षिक आर्थिक प्रतिवेदन क्रमशः क्लबका सचिव रवि मर्सानी र कोषाध्यक्ष प्रविण मर्सानीले प्रस्तुत गरेका थिए । कार्यक्रममा क्लबका सल्लाहकार संयोजक कृष्णप्रसाद मर्सानी, आन्तरिक संस्थागत संयोजक ज्ञानेश्वरराज श्रेष्ठ र तथा निवर्तमान अध्यक्ष सचिन श्रेष्ठ लगायतले सिद्धार्थ क्लवको विगत र वर्तमानको अवस्था बारे चर्चा गरेका थिए भने सह–सचिव पार्वती माकाजुले कार्यक्रम संचालन गरेकी थिइन ।
सिद्धार्थ क्लवको अध्यक्षमा पुनः मर्सानी निर्वाचित

Post a Comment