0
नेपाल पत्रकार महासंघको श्रमजीवी ऐन कार्यान्वयन समितिले आज प्रतिष्ठान शाखाका अध्यक्ष तथा सचिवहरूसँग सञ्चारगृहमा श्रमजीबी पत्रकार ऐन कार्यान्वयन अवस्थाबारे छलफल गरेको छ । छलफलमा श्रमजीवी पत्रकार ऐन लागू भएको दुई दशक बितिसक्दा समेत निजी सञ्चारगृहले त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरूलाई ऐन अनुसार नियुक्ति पत्र नदिएको, समयमा पारिश्रमिक भुक्तानी नगरेको तथा ऐन अनुसारको सुविधा उपलब्ध नगरेको कारण श्रमजीवी पत्रकारहरुको अवस्था दयनीय रहेको भन्दै तत्काल हस्तक्षेप गरी समस्या समाधानको पहल गर्न महासंघ नेतृत्वलाई सहभागीहरूले  आग्रह गरे । कार्यक्रममा महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले तत्कालै व्यवस्थापन पक्षसँग सामूहिक र संस्थागत छलफल गरी समस्या समाधानको पहल गर्ने बताए।
उनले व्यवस्थापन पक्ष छलफलमा सकारात्मक नभए महासंघले सञ्चारगृह केन्द्रित दबाबका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरे । ार्यक्रममा महासंघका उपाध्यक्ष अनिता बिन्दू, महासचिव उजिर मगर, सचिव एवं श्रमजीवी पत्रकार ऐन कार्यान्वयन समितिका संयोजक ध्रुव लम्साल, केन्द्रीय सदस्य एवं प्रतिष्ठान संयोजक सुरज आचार्य, केन्द्रीय सदस्य एवं प्रतिष्ठान सहसंयोजक रोशन पुरीलगायतले श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन गराउन महासंघ क्रियाशील हुने बताए ।

Post a Comment

 
Top