पोखराको सिमलचौरमा रहेको होमटाउन खाजाघरमा काम गर्न राखिएका महिलाहरुलाई जवर्जस्ती यौन कार्यमा लगाउने गरेको भन्दै सोही होटलका संचालक रमशेप्रसाद न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । विगत तीन महिनादेखि होटेलमा काम गर्न राखिएका ३ जना महिलालाई संचालक न्यौपानेले होटलमा खान आएका ग्राहकलाई ती महिलाहरुसंग यौनकार्य गर्न लगाउँदै आएको बताइन्छ ।
खाजाघर सरसफाइ गर्ने, भाडा माझ्ने तथा खानेकुरा बनाउने कामका लागि राखिएका ती तीन महिलाहरुलाई देखाएर होटेल संचालक न्यौपानेले ग्राहकसंग मोटो रकम अशुल्ने गरेको तर त्यो रकम आफूले नै उपयोग गर्दै आइरहेको बताइन्छ । आफ्नो इच्छा विपरित जवर्जस्ती कोठामा ग्राहकहरुसंग बस्न लगाइ ग्राहकबाट मोटो रकम अशुल गर्ने र रात बिताउन लगाउने गरेको भएपनि ती महिलाले संचालकबाट तलव समेत नपाएको कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक केदार रजौरेले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । यसैगरी पोखराबाट सुनौली तर्फ जाँदै गरेको बसमा १६ वर्ष मुनिका बच्चाहरु राखेर भारततर्फ लैजान लागेका बालबालिकालाई प्रहरीले नियन्त्रणमा लिइ पोखराको मासबारमा रहेको बाल हेल्पलाइनमा बुझाइएको छ । लेखनाथ आदर्शचोकमा प्रहरीले गाडी चेकजाँच गर्दा ५ देखि १६ वर्ष उमेरका ३ बालिका र १२ बालकहरु शंकास्पद अवस्थामा भेटिएका थिए । प्रहरीले शंका लागि सोधपुछ गर्नेक्रममा भेटिएका १५ जना बालबालिकालाई भारतको उत्तर प्रदेशस्थित एक क्रिश्चियन संस्थामा लैजान लागिएको बताइएको छ ।
Post a Comment