काठमाडौँ, १७ असार । नेपाल विद्यार्थी सङ्घले युवा उद्यमशीलता बैंक स्थापनामा सघाउन सांसदहरूसँग आग्रह गरेको छ । सङ्घका केन्द्रीय पदाधिकारीहरूले व्यवस्थापिका–संसद्मा उपस्थित सांसदहरूसमक्ष आज एक ज्ञापनपत्र प्रस्तुत गर्दै बैंक स्थापनामा नीतिगत प्रयास थाल्न अनुरोध गरेका हुन् । बर्सेनि पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्ने गरेका र झन्डै छ लाख वैदेशिक रोजगारीमा जाने गरेका उल्लेख गर्दै सङ्घले ऊर्जाशील युवालाई उत्पादनमूलक कार्यमा संलग्न गराउन पुँजीको आवश्यकता पूरा गर्न त्यस्तो बैंक आवश्यक भएको बताएको छ । प्रस्तावित उक्त बैंकले प्रत्येक वर्ष एक लाख युवालाई रु पाँच लाख बिना धितो ऋण दिने र प्राप्त रकम युवा वर्गले लघु उद्यम एवम् स्वरोजगार कार्यक्रममा उपयोग गर्ने व्यवस्था हुन सांसदहरूलाई सङ्घले सुझाएको छ । उद्यमशीलता बैंकका शाखा देशका सबै जिल्लामा स्थापना गर्न सुझाउँदै सङ्घले त्यसो गर्नसके शिक्षा, कृषि, पर्यटन प्रवद्र्धन, पशुपालन, जडीबुटी उत्पादन एवम् प्रशोधनमा उल्लेख्य योगदान भई मुलुकको आर्थिक विकासमा टेवा पुग्ने सांसदसमक्ष प्रस्तुत ज्ञापनपत्रमा जनाइएको छ । रासस
युवा उद्यमशीलता बैंक स्थापनामा सघाउन सांसदहरूसँग आग्रह

Post a Comment