0
पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन कार्यक्रम अन्तर्गत कास्कीको भदौरेमा वृक्षारोपण गरिएको छ । वडा नं. ६ दमदमेको बनपाल सामुदायिक बनमा सडकको दायाँबायाँ करिब डेढ किलोमिटरमा वृक्षारोपण गरिएको हो । स्थानीय आमा समूहको अगुवाईमा भएको सो वृक्षारोपणमा करिव २ हजार अम्रिसो रोपिएको आयुसीन नेपाल इबीए कार्यक्रमका फिल्ड सुपरभाईजर ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । पशुपालनका साथै सरसफाईमा प्रयोग गरिने कुचोमा समेत उपयोग गरिने भएकाले अम्रिसो रोपिएको स्थानीय आम समूहकी अध्यक्ष दरकुमारीले बताए । बायो इन्जिनियरिङको अवधारणामा आधारित यस प्रकारको कार्यक्रमले वर्षायाममा ग्रामीण सडकमा हुने पहिरो नियन्त्रण र सडक हराभरा हुन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । साथै फेवातालको मुहानमा गरिएको सो वृक्षरोपणले फेवातालमा वर्षेनी बढ्दै गएको माटो नियन्त्रणमा सहयोग पुग्ने सुपरभाईजर सुवेदीले बताए । वृक्षारोपण कार्यक्रममा हर्पनकोट माविका इको क्लवका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top