0
पत्रकार महासंघ कास्की अन्तर्गत गठन भएको लेखन वृत्तिकोष व्यवस्थापन समितिले ३ सदस्यीय सम्पादक मण्डल गठन गरेको छ । लेखनवृत्ति कोष समितिका संयोजक तथा पत्रकार महासंघ कास्कीका सह–सचिव कृपा भण्डारीको संयोजकत्वमा बसेको बैठकले सम्पादक मण्डलमा विगत लामो समयदेखि पत्रकारितामा सक्रिय कान्तिपुर दैनिकका ईश्वरी न्यौपाने, नागरिक दैनिकका केशवशरण लामिछाने र हिमदुत  दैनिकका भरत कोईरालालाई चयन गरेको हो । फिचर समाचारका लागि विभिन्न क्षेत्रका विषयवस्तु दिने र प्रस्तावित फिचरहरुलाई सम्पादन गर्ने जिम्मेवारी सहित सम्पादक मण्डल गठन गरिएको हो ।
बैठकले केहि हप्ताभित्र नै विभिन्न क्षेत्रमा लेख्नका लागि पत्रकारहरुबाट प्रस्तावना आह्वान गर्ने निर्णय गरेको छ । लेखनवृत्तिका लागि ईच्छुक पत्रकारहरु कुनैपनि मिडियाहाउसमा आबद्ध वा पत्रकार महासंघ कास्कीको सदस्य हुुनपर्ने निर्णय बैठकले गरेको छ । लेखनवृत्तिका लागि सम्पादन मण्डलले तयार गरेको फारम भरि आफूले लेख्न चाहेको विषयवस्तु माथि प्रकाश पार्नुपर्ने संयोजक कृपा भण्डारीले जानकारी दिइन ।

Post a Comment

 
Top