0
पोखरा रामबजारस्थित श्री कृष्ण मन्दिर स्थापनाको पच्चिस वर्ष प्रवेशको सन्दर्भमा श्री कृष्ण मन्दिर आमा समूहले विहीवार देखि आमाहरुलाई तीन दिवसीय उद्घोषण तालिम शुरु गरेको छ । तालिमको उद्घाटन समाजसेवी महेश गुरुङले गरेका थिए ।त्यस अवसरमा बोल्दै गुरुङले तालिमले क्षमता अभिवृद्धिका साथै सकरात्मक सोंचको विकास गर्ने बताउँदै तालिमलाई प्रशिक्षाथीहरुले अवसरको रुपमा लिनुपर्ने बताए । समाजमा स्वस्थ्य प्रतिस्पर्धा जरुरी रहेको र तालिमले स्वावलम्बीका साथै व्यवहारिक बनाउने उनले दावी गरे । कालिका उच्चमाविका पुर्व प्रधानाध्यापक समेत रहेका  गुरुङले कालिका उच्च मावि र श्रीकृष्ण मन्दिर रामबजार क्षेत्रमै रहेकाले कालिका उच्चमावि स्वर्ण महोत्सव र श्रीकृष्ण मन्दिरको रजत महोत्सवमा दुई संस्थाले सहकार्य गर्नुपर्नेमा जोड दिए ।श्रीकृष्ण मन्दिर आमा समुहकी कार्यवाहक अध्यक्ष मिना भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा श्रीकृष्ण मन्दिर सञ्चालक समितिका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर थापा, रामबजर टोल विकास संस्थाका अध्यक्ष सम्मरबहादुर श्रेष्ठले सभ्य समाज निर्माणका लागि आमाहरुको महत्वपूर्ण भूमिका रहने भन्दै  तालिमले आमाहरुको बोल्ने कलामा विकास हुने विश्वास व्यक्त गरे ।कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी महेश गुरुङलाई  श्रीकृष्ण मन्दिरका संरक्षक गणेशकुमार प्रधान र आमा समूहकी कार्यवाहक अध्यक्ष मिना भण्डारीले मायाको चिनो, खादा र फूलसहित स्वागत एवं सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन आम समूहकी सचिव कमला गुरुङले गरेकी थिइन । असार २८ गते सम्म सञ्चालन हुने उद्घोषण तालिमको प्रशिक्षक नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुष्मा पौडेल रहेकी छन् । तालिममा ३० जना आमाहरुको सहभागिता रहेको छ ।
२०४६ सालमा स्थापना गरिएको मन्दिरको रजत महोत्सवको अवसरमा भदौसम्म विविध रचनात्मक क्रियाकलापहरु गरिने सञ्चालक समितिका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर थापाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top