0

पोखराको बैदामस्थित केदारेश्वर महादेवमणि सेवाश्रम समितिले साउन महिनामा आयोजना गरेको बोलबम (शान्तिपद शिव जलयात्रा) कार्यक्रममा हजारौं भक्तहरु सहभागी हुने गरेका छन् । शिवलिङ्गमा जल चढाउन र पूजा आजा गर्न मन्दिरको चारवटै द्वारमा बिहानैदेखि भक्तजनको लामो पंक्ति देखिन्थ्यो ।
‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ साउनको दोस्रो सोमबार पनि केदारेश्वर मन्दिरमा जल चढाउन कास्कीसहित छिमेकी जिल्लाहरु स्याङ्गजा, तनहुँ, पर्वत, लमजुङ, बाग्लुङ, पाल्पा लगायतबाट पनि भक्तजन मन्दिर आएका थिए । बैदामस्थित केदारेश्वर मन्दिरमा जल चढाउन र पूजाआजामा सोमबार दिउँसो अबेरसम्म उनीहरु लाइनमै बसेका थिए । केदारेश्वर महादेवमणि सेवाश्रम समितिले बगरस्थित गाईघाटबाट सेतीनदीको जल लिएर केदारेश्वर मन्दिरमा चढाउने कार्यलाई १२ वर्षदेखि व्यवस्थापन गर्दै आएको छ । सोमबार बिहान गाइघाटदेखि पञ्चेबाजा, झाँकी र भजनकीर्तन सहित बोलबम ¥याली निकालिएको थियो । गेरुबस्त्र धारण गरेका ¥यालीका सहभागीले भगवान शिवको महिमासम्बन्धी भजनकीर्तन र नाचगान गरी रमाइलो गरेका थिए । प्रचण्ड गर्मीको पनि कुनै परवाह नगरी शुक्लागण्डकीबाट जल लिई हजारौ भक्तजनहरु पैदलयात्रासहित ¥यालीमा निस्किएको बोलबम संयोजक शंकर खरालले जनाए । साउनको महिनालाई भगवान शिवको महिमा मानिने हुँदा भक्तजनहरु उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल उठाएर शिवलिंङ्गमा चढाउने चलन छ । भक्तजनले शुक्ला गण्डकीमा १०८ धारामा स्नान गरी करिब ८ किलोमिटर पैदल यात्रासहित बैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्दै मनोकांक्षा व्यक्त गरे । गाईघाटबाट बिहान शोभायात्रा सहित सुरु भएको बोलबम जलयात्रा गाईघाटबाट सुरु भएर विन्ध्यबासिनी, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सिर्जनाचोक, रत्नचोकहुँदै बैदामस्थित केदारेश्वर मन्दिरमा पुगेको हो । शोभायात्रामा भक्तजन सडकमा भजनकीर्तन गर्दै नाचगान गरी मन्दिर पुगेका थिए ।

Post a Comment

 
Top